माउन्ट भ्यु स्कुलकी छात्रा प्रथम
बनेपा/काभ्रे मावि बनेपाले जिल्ला स्तरीय गायन प्रतियोगित आयोजना गरेको छ । विद्यार्थीमा भएको गायन क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले काभ्रे मावी बनेपा बुडोलद्वारा आयोजित जिल्ला स्तरीय अन्तर मावी एकल गायन प्रतियोगिता आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न १२ विद्यालयका २० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माउन्ट भ्यु अंग्रेजी मावि धुलिखेलकी छात्रा बविता तामाङ प्रथम भईन भने काभ्रे मावि बनेपा बुडोलकी सविना निरौला र सामुदायिक बोर्डिङ्ग स्कुल पनौतीका स्वरुप परियारले तृतिय स्थान प्राप्त गरेका छन् । गायन प्रतियोगितामा गायक तथा संगितकारद्धय रमेश पाठक र विक्रम सुवालले निर्णायक भूमिका निभाउनु भएको थियो ।
कार्यक्रममा विजयी छात्रछात्राहरुलाई विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले ट्रफि तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपलद्धय केशव श्रेष्ठ र विकास श्रेष्ठ, शिक्षक उद्धव लुईटेलले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थिाये ।
कार्यक्रम विद्यार्थीद्वय जमुना रञ्जितकार र रोशनी घिमिरेले संचालन गरेका थिए । काभ्रे माध्यमिक विद्यालय बनेपाले हरेक वर्ष यस्ता अतिरिक्त कृयाकलाप गर्दै आएको छ ।





