बनेपा/बनेपा निष्ट स्कुल बनेपा काभ्रेले एक वर्ष भरी भएका अतिरिक्त कृयाकलापका विजयी विद्यार्थीहरु तथा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल अफ साईन्सेजका डिन. प्रो.डा. राजेन्द्र कोँजुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. कोँजुले अनुशासित विद्यार्थी समाजको अंग भएकाले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयले पु¥याएको योगदानको प्रशंशा गर्नु भएको थियो । भाषामा क्षयिकरण हुन नदिन विद्यालय र विद्यार्थीहरुले विशेष ख्याल पु¥याउनु पर्ने बताउँदै डा. कोँजुले भाषाको संरक्षण गर्न सके परम्परा, पहिचान, भाषा सस्कृतिमा जोड दिनु भयो । ‘आफ्नो माटोलाई सिञ्चित गर्ने खालका विद्यार्थीहरु उत्पादनमा जोड दिनु जरुरी छ’–डा. कोँजुले भन्नुभयो–‘शिक्षा प्राप्तीका लागि मात्रै नभई समाजका लागि केहि दिनका लागि हुनु पर्छ । आफ्नै मुलुकका लागि केहि गर्न सक्ने नागरिक बन्नु जरुरी छ ।’ कार्यक्रममा विद्यालयका प्रिन्सिपल चेतन विष्टले लगातार ९ वर्ष विद्यालयले दक्ष जनशक्ति उत्पादनमा जोड दिदै आएको बताउनु भयो । ‘हामी कसैसँग प्रतिस्पर्धा गरिरहेका छैनौं, हाम्रो योजना मुलुकका लागि सक्षम नागरिक तयार गर्नु हो’–विष्टले भन्नुभयो–‘विद्यालयबाट चार सय भन्दा धेरै विद्यार्थीहरु समाजका विभिन्न क्षेत्रमा कृयाशिल भएका छन् । निष्टमा अध्ययन गर्ने विद्यार्थीहरु मुलुकका विभिन्न विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीका रुपमा देखिएका छन् ।’ विद्यार्थीहरुले कति नम्वर ल्याएर उर्तिण भए भन्दा पनि प्राप्त गरेको ज्ञानलाई बुझ्न सके कि सकेनन् ? त्यसका लागि विशेष ख्याल पु¥याएको विद्यालयका प्रिन्सिपल विष्टले बताउनु भयो । निष्टले विज्ञान, ब्यवस्थापन, कानुन संकायका विभिन्न विषयहरुका अध्यापन गराईरहेको छ । जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको निष्टमा अहिले झण्डै ९ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा. माधव बरालको अध्यक्षता रहेको थियो । डा. बरालले निष्टको एउटै उदेश्य गुणस्तरीय शिक्षा रहेको बताउनु भयो । कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठले नीजि क्षेत्रका विद्यालयहरुले मुलुकको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याएकाले नीजि क्षेत्रका विद्यालयहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउनु भयो । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विभागिय प्रमुखहरु उमेश दाहाल, रजिव श्रेष्ठ, एकराज शर्मा, सागर भट्टराई लगायतले विद्यालयले गरेका शैक्षिक गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।





