2026 April 22/ 11:04: 56am

    बनेपा/बरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुनु भएको छ । पाँचथरको फिदिममा आयोजित साहित्यीक कार्यक्रममा दुवाललाई सम्मानित गरिएको थियो । 
    लिम्बुवान जिल्ला पाँचथरमा सातवटा साहित्यिक संघ–संस्थाले दुवाललाई सम्मान गरेका थिए । नौलो साहित्यिक विहान समाज, याक्थुङ प्रज्ञा प्रतिष्ठान, समथिङ फाउण्डेशन नेपाल, पाँचथर सामुदायिक पुस्तकालय, रेडपाण्डा प्रकाशन, याक्थुङ लेखक सङ्घ र पाँचथर गजल मञ्चले संयुक्तरुपमा सम्मान गरेका हुन् । फिदिमस्थित चुम्देन हलमा आयोजित कार्यक्रममा दुवाललाई कार्यक्रमका प्रमुख अतिथि लेखक श्रीप्रसाद जवेगुले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान ग्रहणपछि दुवालले साहित्य र वाङ्मय क्षेत्रमा क्रियाशील हुन पाउँदा आफूलाई खुशी लागेको र यो सम्मानले अझ जिम्मेवारी थपिएको महसुस भएको बताउनु भयो । 
    जनमत साहित्यिक पत्रिकाको नियमित प्रकाशन, एक दर्जनभन्दा बढी साहित्यिक पुरस्कारको स्थापना र सञ्चालन गर्दै जनमत वाङ्मय प्रतिष्ठान जस्तो गरिमामय संस्थाको कुशल नेतृत्वमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने पुनित कार्यमा अनवरत सक्रियताका साथ पु¥याउनु भएको योगदानका लागि साहित्यकार मोहन दुवाललाई सम्मान गरिएको हो ।