नाला/बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतमा जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख द्वारिका प्रसाद पोखरेलको बिशिस्ट आतिथ्यतामा रत्न चुण्डेश्वर माध्यमिक बिद्यालयको ४ कोठे भवन र धारा उद्घाटन भएको छ ।
उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोद घिमिरेको सभापतित्वमा तथा प्रधानाध्यापक गोकुल प्रसाद घिमिरेले विद्यालयको वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो । त्यस्तै शिक्षक संघका सचिव शम्भु घिमिरे, बनेपा नगर शिक्षा समिति सदस्य महेश लामिछाने , बिद्यालयका सल्लाहकार राजकृष्ण गिरी, बनेपा नपा २ का वडा अध्यक्ष हरिशरण घिमिरेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक तारानाथ बजगाईले स्वागत मन्तब्य राख्नु भएको थियो कार्यक्रम संचालन शिक्षक जयराम श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान पु¥याउनु भएका व्यक्तिहरुहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।





