बनेपा नगरपालिका कृषि शाखाको आयोजनामा ३ दिने पुष्प खेती तालिम शुरु भएको छ ।
तालिममा बनेपा नगरपालिका वडा नम्बर १,२,३,४,५,६ र७मा रहेका किसानहरुलाई पुष्पखेती सम्बन्धि तालिम सञ्चालन गरिएको कृषि अधिकृत मुकुन्द केसीले वताउनु भयो । किसानहरुलाई तरकारी खेती सगै पुष्पखेती, माटोपरिक्षण लगाएतका तालिमहरु सञ्चालन गरिदै आएको कृषि प्राविधिक कमला हुमागाईले वताउनु भयो । नगरमा फलफुल तथा तरकारी मुल्य शृङखला विकास आयोजना शुरु भए सगै किसानहरुलाई विउ वितरण, अभिमुखीकरण कार्यक्रम, तरकारी संकलन केन्द्र, गोठसुधार, टनेल वितरण, कृषि सामाग्री वितरण कार्यक्रमहरुलाई प्राथमिकता दिईएको हुमागाईले वताउनु भयो । पहिलो चरणको पुष्प खेती तालिम सगै नगरका सबै वडामा केहि दिनमै अन्य तालिम सञ्चालन गरिने समेत बताईएको छ । तालिम पुष्प ब्यबसाय महासघंका सदस्य विश्वमणी पोखरेलले प्रदान गर्नु भएको थियो । तालिम आज समापन हुने कृषि अधिकृत मुकुन्द केसीले वताउनु भयो ।





