2026 April 22/ 08:55: 53am

     उपेन्द्र अधिकारी/भकुण्डे 
नमोबुद्ध नगर भित्रका सहकारीहरुको गोष्ठी नमोबुद्ध सहकारी संजालको आयोजना र नमोबुद्ध नगरपालिकाको सहयोगमा भकुण्डेमा सम्पन्न भएको छ । भेलाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पोख्रेलले सहकारी स्थापना यस्का लक्ष्य उदेश्य र देश विकासमा सहकारीको भूमिकाको विषयमा आफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, सहकारी अभियन्ता कुलचन्द्र अधिकारी लगायतले सहकारीका विषयमा भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले जग्गा उपलब्ध भएको खण्डमा नगर सहकारी संजालको भवन निर्माणका लागि बजेट ब्यबस्थापन गर्न समस्या नरहेको जानकारी गराउनुभयो । कार्यक्रम नगर सहकारी संजालका उपाध्यक्ष उद्धब प्रसाद हुमागाईको स्वागत मन्तव्य र नगर सहकारी संजालका अध्यक्ष हरि प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।