2026 April 22/ 08:55: 52am

जमुना सापकोटा/रयाले
फुलचोकी बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा छैठौं कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रमको उद्घाटन काभ्रेपलाञ्चोक जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष तथा पनौती नगरपालिका  वरिष्ठ प्रमुख प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले गर्नु भएको थियो । अधिकारीले सहकारीको ब्यबस्थापन नै चुस्त र सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी कसरी अगाडी बढ्छ ब्यबस्थापनबाट नै थाहा हुने भएकाले सहकारीको मुटु नै ब्यबस्थान भएकाले दक्ष जनशक्ति आवश्यक रहेको बताउनु भयो । राज्यले सहकारी ऐन बमोजिम आगामी २०७७ असोज मसान्तसम्ममा एउटै स्थानीय तहमा एकै प्रकृतिको एक मात्र सहकारीमा सदस्यता छान्न सर्वसाधारणलाई निर्देशन जारी गरे अनुसार पनौती नगरपालिकाले पनि सूचना जारी गरि सकेको अधिकारीले बताउनु भयो । राज्य र नगरको नीतिलाई सफल पार्न पनौती नगरपालिका भित्रका सबै सहकारीहरु जुटनु पर्ने बताउनु भयो । 
कार्यकुशलता तथा ब्यबस्थापन गोष्ठि कार्यक्रममा माने दोभान साकोस, हाम्रो बचत साकोस, जागृत कुशादेवी साकोस, यश साकोस, उद्यम विकास साकोस, नागरिक विकास, पिपुल्स साकोस, एकीकृत साकोस र हिमालय कालिदेवी साकोसका ब्यबस्थापक र अध्यक्षहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा नेफुस्कनका कार्यक्रम अधिकृत विदुर खड्काले सहकारीका बारेमा बताउनु भयो । कार्यक्रमको सभापतित्व फुलचोकी साकोसका अध्यक्ष प्रदिप सापकोटाले गर्नु भएको थियो ।