बनेपा/एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले विमित ब्यक्तिले प्राप्त गर्ने विमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका बनेपा शाखा प्रमुख बाबुकृष्ण पन्तले सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्वर ८ सिन्धुपाल्चोक घर भएका तारा अधिकारीलाई बीमा दावी रकम १ लाख २८ हजार ५ सय हस्तान्तरण गर्नु भएको हो । मृतक गोविन्द अधिकारीको २०७२ माघ ९ गते कम्पनी अभिकर्ता सुजन मोक्तान मार्फत १ लाख रुपैयाँको बीमाङ्कको बीमा गर्नु भएको थियो । बार्षिक ८ हजार ७ सय २६ रुपैयाका दरले किस्ता बुझाउने गरी गोविन्द अधिकारीको बीमा गरिएको थियो । बार्षिक रुपमा ५ वर्षको जम्मा ४३ हजार ६ सय ३० रुपैयाँ भुक्तानी गरिसकेका अधिकारीको २०७६ पुष १० गते मृत्यु भएको थियो । उहाको निधन पछि बीमा लाभ बापतको रकम भुक्तानीका लागि गोविन्द अधिकारीले इच्छाईएको ब्यक्ति तारा अधिकारीलाई शाखा प्रमुख पन्तले बीमा बापत प्राप्त हुने रकम हस्तान्तरण गर्नु भएको हो ।





