2026 April 22/ 08:56: 54am

पाँचखाल/काभ्रेको पाँचखाल नगरपलिका वडा नम्बर ८ ले मातृ शिशु पोषण कार्यक्रम सुरु गरेको छ ।  मातृशिशुको पोषण सुरक्षाको लागि हरेक गर्भवती महिलालाई एक क्रेट अन्डा र एक किलो घ्यू उपहार दिन थालिएको छ । 
गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र १ देखि २ के जी घ्यू बितरण गरिएको वडा अध्यक्ष संजय तामाङले बताए । वडा कार्यालयले १४ जना गर्भवती महिलालाई अण्डा र घ्यू हस्तान्तण गरिसकेको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउन थाले देखी सुनौलो हजार दिनसम्मका लागि महिलालाई वडाले अण्डा र घिउ उपहार दिने वडा अध्यक्ष लामाले बताए ।