धुलिखेल/सेञ्चुरी कमर्सियल बैंक र माउण्ट प्रिन्सेस होटल धुलिखेल बीच ग्राहकहरुलाई छुट दिने विषयमा सम्झौता भएको छ ।
ग्राहकहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने ब्यवस्था सम्झौतामा उल्लेख छ । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य ‘पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य’ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेबिट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले देशभर १३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिएम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा,नाल्दुम नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।





