पाँचखाल/पाँचखालमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप प्रतियोगिताको उपाधी गोल्डेन फ्यूचर माविले प्राप्त गरेको छ । विद्यालयले २८ पदक प्राप्त गरेको थियो । ्
प्रतियोगितामा पाँचखाल भ्याली १५ पदकका साथ दोश्रो र सरस्वती शिक्षा गृह १० अंकका साथ तेश्रो भए । प्रथम भएको गोल्डेन फ्यूचरले १३ स्वर्ण, ६ रजत तथा ९ कास्य पदक जितेको छ । दोश्रो हुने पाँचखाल भ्इालीले ६ स्वर्ण, ५ रजत तथा ४ कास्य पदक जितेको छ भने तश्रो हुने सरस्वती शिक्षा गृहले ३ स्वार्ण, ४ रजत तथा ३ कास्य पदक जितेको छ । १९ वटा विद्यालय सहभागि प्रतियोगितामा आजाद माविले ५ रजत र ४ कास्य पदक, इन्द्रेणी विद्या मन्दिरले १ रजत र १ कास्य पदक, श्रीराम माविले १ स्वर्ण र २ कास्य पदक, भगवती माविले १ स्वार्ण १ रजत र १ कास्य जितेको छ । पलाञ्चोक भगवतीले १ स्वर्ण र १ रजत, जनता माविले १ स्वर्ण र १ कास्य, महांकाल माविले १ स्वर्ण, गणेश माविले १ स्वर्ण, १ रजत र २ कास्य पदक, सर्वमंगला माविले १ काश्य, दीपशिखा माविले २ स्वर्ण पदक, भक्रमदेवी माविले २ रजत पदक, नवप्रतिभा माविले २ रजत, दुग्देश्वर माविले १ रजत र १ कास्य पदक जिते । ज्ञानेश्वरी मावि, कालिका मावि र जोरपाटी माविले भने कुनै पदक जितेनन् । विजयी खेलाडीहरुलाई नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशाशकीय अधिकृत लोकबहादुर भण्डारी, शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव अभिकेशरी कट्टेल, वडा अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए ।





