2026 April 22/ 09:11: 01am

पाँचखाल/पाँचखाल नगरपालिकाको समन्वयमा वडा नम्वर ४ मा ३२ जना कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । 
नगर प्रमुख महेश खरेल, वडा नम्वर ४ का अध्यक्ष सुन्दर तामाङ, कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतले पाँचखाल नगरपालिका किसानहरुलाई हाते ट्याक्टर वितरण गर्नु भएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का अध्यक्ष सुन्दर तामाङले ४० हजार पर्ने ट्रयाक्टरलाई ५० प्रतिशत अनुदानमा कृषकलाई हस्तान्तरण बताउनु भयो । नगरका वडा नम्वर ६, ८, ९ मा यस अघि नै हाते ट्रयाक्टर वितरण भैसकेका छन् ।