धुलिखेल/नेपाल रेडक्रस सोसाइटी सिविडिआरआर कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकामा, नगर स्तरीय विपद् जोखिम न्युनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्षता गर्दै उपप्रमुख बिमला कुमारी शर्मा चौलागाइैले नगर क्षेत्र भित्र हुने विपद ब्यवस्थापनका लागि वडा स्तरीय समिति गठन गरी टोल स्तरीय तयारी गरिएको बताउनुभ यो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुँइटेल, शाखा प्रमुख श्री बिक्रम ब्यान्जु लगायतले विपद ब्यवस्थापनमा नगरपालिकाले गरिरहेको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । विपद् जोखिम कार्यक्रममा जिल्ला आपतकािलन कार्य सञ्चालन केन्द्र, अवधारणा स्थानीय आपतकािलन कार्य सञ्चालन केन्द्रको अवधारणा खोज तथा उद्धार सामाग्रीहरूको जानकारी, विपद सम्बब्धि शब्दावलीहरू, स्थानीय समिति, समितिले प्राप्त गर्ने सूचना र त्यसको ब्यवस्थापनका बारे जानकारी गराईएको थियो । कार्यक्रममा नेपाली सेना विष्णु दल गण काभ्रेका सेनानी प्रकाश कुमार उप्रेति र नेपाल रेडक्रस सोसाइटी सुरक्षा ब्यवस्था अधिकृत राजकुमार घिमिरेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, बिपद् ब्यवस्थापन समितिहरू, कर्मचारी लगायतको ससहभािगता रहेको थियो ।





