बनेपा/सेञ्चुरी कमर्सियल बैंक लि. साँगाले समुदायसँग बंैकको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बंैकका सुविधाहरु तथा सहुलियतपूर्ण कर्जाहरुको महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो । आगामी दिनमा बैंकले समुदायसंँग बैंकको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै जाने शाखा प्रबन्धक श्रवण कुमार घिमिरेले जानकारी दिनुभयो ।





