पनौती/पनौती नगरपालिकामा रहेको सुर्याेदय माध्यमिक विद्यालयको ३६ आंै बार्षिकोत्सव, पुरस्कार वितरण तथा एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसईई २०७५ सालमा उत्तिर्ण १४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बञ्जाराले पनौती क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्ने गरी सुर्याेदय माध्यमिक विद्यालयले पु¥याएको योगदानका चर्चा गर्नु भएको थियो । २०६२ सालमा सुर्याेदय माध्यमिक विद्यालयले शतप्रतिशत विद्यार्थीहरु विशिष्ट श्रेणीमा उत्तिर्ण गराएको थियो भने २०७२ सालमा जिपिए ४ प्राप्त गरेको थियो । सोहि कार्यक्रममा विद्यालयमा छात्रबृत्ति प्रदान गर्ने अच्युत भट्टराई, जमुना ताम्राकार, तुलसीदास श्रेष्ठ, सुमनप्रसाद लाकोजुलाई सम्मान गरिएको थियो । भट्टराईले ५ जना, ताम्राकारले १ जना, तुलसीले १ जना र सुमनले ३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नु भएको छ । संस्थापक प्रिन्सिपल सुर्यप्रसाद लाकोजुले विद्यालयले शैक्षिक गुणस्तर प्राप्तिका लागि निरन्तर सक्रिय भईरहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, बरिष्ठ गायक मच्छेश्वर सापकोटा, विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ब्यक्तिहरुले मन्तब्य राखेका थिए । सुर्याेदय माध्यमिक विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु-याएको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका त्रिविक्रम कमाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।





