2026 April 22/ 09:11: 44am

पनौती/फागुन ९ गते शिवरात्रीको अवसर पारी पनौती नगरपालिका ७ स्थित इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री भएको छ । भागवत धर्म संरक्षण समितिको आयोजनामा भएको महारुद्री कार्यक्रममा १ सय ३२ जना ब्राम्हाण बटुकबाट रुद्र पाठ गरिएको थियो । 
आध्यात्मिक शक्ति प्राप्त गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको भागवत धर्म संरक्षण समितिका अध्यक्ष अच्युत भट्टराईले जानकारी दिनु भएको छ । ‘भौतिक सुख र शान्तिबाट टाढा रहेको अवस्थामा सबैलाई आध्यात्मिक सुख र आत्मा शान्तिको अनुभति गराउनका यो कार्यक्रम आवश्यक छ’– अध्यक्ष भट्टराईले भन्नु भयो–‘महारुद्रीमा धर्मप्रति आस्था राख्ने भक्तजनहरुको उल्लेख्य सहभागितामा रहेको थियो ।’ कार्यक्रममा भक्तजनहरुलाई जल अभिषेक र प्रसाद वितरण गरिएको थियो । स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, समाजसेवी लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।