2026 April 22/ 09:11: 01am

धुलिखेल/नेपाली सेना विष्णु दल गणको आयोजनामा सेना दिवसको अवसर पारी शिवरात्रीका दिन धुलिखेलमा राष्ट्र सेवक कर्मचारीहरु र जिल्लाबासी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । 
    प्रतियोगितामा राष्ट्र सेवक कर्मचारीहरुको तर्फबाट ट्राईबेकरमा ४ गोल गरी विजयी भएको थियो । जिल्लाबासीहरुको तर्फबाट ३ गोल मात्रै भयो । ट्राईबेकरमा जानु अघि निर्धारित समयमा कुनै गोल हुन सकेन । थपिएको १५ मिनेट समयमा दुबै समुहले एक÷एक गोल गरेपछि ट्राईबेकरबाट प्रतियोगिता समापन गरिएको थियो । विजेता टिमको नेतृत्व विष्णु दल गणका गणपति कर्णेल सुबास खड्काले गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विजेताको तर्फबाट जिल्ला समन्वय प्रमुख उद्धव केसी मार्फत ट्रफि लिनु भएको थियो । 
प्रतियोगितामा जिल्लाबासीहरुको तर्फबाट समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल पत्रकार महासंघ, बार एशोसिएसन काभ्रे, काभ्रे जिल्ला फुटबल संघ, गैसस महासंघ, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नागरिक र कर्मचारीहरु बीचको सम्वन्धलाई प्रगाढ बनाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कर्णेल सुबास खड्काले बताउनु भयो । नेपाली सेना नागरिकहरुको हितका लागि निरन्तर लागिरहने संस्था हो ।