फागुन ९ गते विहान ९ बजेको रोशि गाउँपालिका १२ केराबारी स्थीत सोहि वडाको वडा सदस्य ६७ बर्षिय विनोदकुमार स्याङजाली मगर बनेपा जान गाडी चढन जाने क्रममा बाटोमा अचानक बेहोस भई लडेकोमा उपचारका लागी धुलिखेल अस्पताल पु¥याउँदै गर्दा निधन भएको छ ।
फागुन ९ गते साँझको समयमा पाचँखाल न.पा. वडा न. ५ खावा स्थित अरनिको राजमार्गमा धुलिखेलबाट दोलालघाटतर्फ जादै गरेको ना.५ च. २७९७ न.को टाटा मोबाईल गाडि आफै अनियन्त्रित भई सडकमा पल्टि सवारी दुर्घटना हुँदा गाडिमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि धुलीखेल अस्पताल पठाईएकोमा तीन जना घाईते थप उपचारको लागी नर्भिक अस्पताल रिफर गरिएको थियो । घाइते मध्ये छिमेकी देश भारत लख्खिमपुर खिरी घर भई पाचँखाल ईट्टा भट्टामा काम गर्न जान लागेको २५ बर्षिय मेहरबान अली को नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
फागुन ९ गते साँझको समयमा पाँचखाल न.पा. ३ काफ्लेडी र लाम्डीको बिच खोल्सामा झण्डै ६० वर्षको जस्तो देखिने सडे गलेको अबस्थामा नाम थर वतन नखुलेको पुरुष ब्यक्तिको लाश फेला परेको छ । प्रहरीले घटनास्थल लासजाँच मुचुल्का गरी पोस्टमार्टमको लागी टिचिङ अस्पताल काठमाण्डौ पठाए पनि मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
फागुन १० गते काभ्रे महाभारत गाउाँपालिका वडा नम्वर ६ दमारबेशि स्थित ग्वालटारबाट दमारबेशितर्फ जादै गरेको ना ६ त २४६८ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिदा उक्त ट्रयाक्टरमा सवार ३१ वर्षिय कुमार बैजुलाई सोहि ट्याक्टरको टेलरले किच्दा घटनास्थलमा मृत्यु भएको छ ।
भुम्लु गा.पा.८ पौवा स्थित भित्री सडक खण्डमा कात्तीकेदेउरालीबाट दोलालघाटतर्फ आउदै गरेको ढुंगा लोड ज.१ त.५९४८ नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अं.१५ मिटर तल खसी दुर्घटना हुदा उक्त ट्याक्टरमा सवार जिल्ला बाँके पितमारी घर भई हाल सोही मध्यपहाडी लोकमार्ग स्थित सडकमा काम गर्ने कामदार बर्ष ६५ का रविलाल शर्माको उपचारको क्रममा मृत्यु छ । फागुन ९ गते मृत्यु भएका शर्माको दुर्घटना फागुन १ गते भएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनु भएको छ ।





