2026 April 22/ 10:22: 16am

दोलालघाट/दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव भुम्लु गाउँपालिका दोलालघाटको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाईएको छ । 
बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा रजत महोत्सव कार्यक्रममा रजत ¥याली लगायतका कार्यक्रम अयाोजना गरिएको अध्यक्ष अष्टबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उपसभामुख तामाङले स्थानीय क्षेत्रबाट भएका प्रयासले समृद्धिको यात्रामा सहयोग पुग्ने बताउनु भयो । पर्यटकीय हिसाबले उद्गमस्थल दोलालघाटको विकास र समृद्धिका लागि प्रदेश सकारले सहयोग गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्यहरु गोमा भुर्तेल, लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्व कुँवर लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । जिल्ला समन्वय समिति सदस्य प्रेम लामा, यातायात क्षेत्रका ब्यक्तिहरु, समाजसेवीहरु, संस्थापक अध्यक्ष सुरेश कक्षपति लगायतका ब्यक्तिहरुले क्लवले समाजमा पु¥याएको योगदानको स्मरण गराएका थिए । 
रजत महोत्सवको अवसर पारी अरनिको राजमार्ग स्थित ५६ किलोबाट चाखोलासम्म रजत ¥याली, रक्तदान, गौतम बुद्धको प्रतिमा अनावरण, संस्थाको स्मारिका प्रकाशन, विशिष्ठ ब्यक्ति र संस्थालाई सम्मान, चन्दादाताहरुलाई प्रसंशा पत्र सहित सम्मान र चन्दाताहरुकोे शिलालेखमा लेखिएको नाम अनावरण, पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय तथा स्थानीय कलाकाहरु सहभागी भई आयोजना गरिएको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गौतम बुद्धको प्रतिमा निर्माणका लागि ३ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । सामाजिक कार्यमा अनवरत सक्रिय संस्था दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवले पूर्व श्रम राज्य मन्त्री गोविन्दनाथ उप्रेति, युवा ब्यवसायी विश्व श्रेष्ठ, कुष्ठरोग निवारण संघ गौशालालाई सम्मान गरिएको थियो । विश्व श्रेष्ठले अक्षय कोष स्थापना गरी उक्त कोषबाट बार्षिक प्राप्त हुने १ लाख १५ हजार रुपैयाँबाट दुलालेश्वर माविमा अध्ययन गर्ने छात्रछात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । चन्दाताहरुबाट संकलित रकम मध्येबाट बढी भएको रकम समाज सेवामा खर्च गरिनेछ । राष्ट्रिय कलाकारहरु जितु नेपाल, सरोज लामिछाने, सिमा भण्डारी, द नेक्स्ट स्टेप डान्स एकेडेमी पाँचखाल लगायतका कलाकारहरुको सहभागिता रहेको थियो । क्लवले शिक्षा उपसमितिमा वीरेन्द्र किश्वर लालकर्ण, महिला विकासमा सरिता चौलागाई, स्वास्थ्यमा गोकर्ण चौलागाई, वातावरण संरक्षणमा रामकाजी श्रेष्ठ, काठमाडौ सम्पर्क मञ्चमा भिमकाजी श्रेष्ठ, विज्ञापनमा तिर्थ लामा, पर्यटन ब्यवस्थापनमा सुमन बहादुर श्रेष्ठ, खेलकुद ब्यवस्थापनमा सरोज श्रेष्ठ, धार्मिक तथा सांस्कृतिकमा तारा लामा, पिकनिक ब्यवस्थापनमा सत्यनारायण श्रेष्ठ, फोटोग्राफिमा कमल गडाल, विद्युत्त ब्यवस्थापनमा कृष्णप्रसाद खरेल, क्षेत्रगत संयोजकहरु चुनराज ठकुरी, भिम श्रेष्ठ, रेशम माझी, धर्मराज पराजुली, तस्विर माझी, इन्द्रबहादुर लामा लगायत रहेका छन् । 
संस्थाले इन्द्रावती र सुनकोशीको संगम दोलालघाटमा धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गरिरहेको छ । अशोक बृक्ष, दुलालेश्वर महादेवको सुधारका लागि पहल गरिरहेको छ । तेश्रो पटकसम्म दोलालघाट महोत्सव आयोजना गरेको छ भने स्वास्थ्य शिविर, आँखा शिविर, राष्ट्रिय स्तरको भलिबल आयोजना, तिज विशेष कार्यक्रम, दिपावली साँझ, देउसी भैलो, वडा स्तरीय गाउँपालिका ब्यापी फुटबल प्रतियोगिता, दैनीक फोहोर मैला संकलन, एम्बुलेन्स संचालन, रक्तदान, वातावरणीय सरसफाई, काभ्रे सिन्धु कलाकार सम्मान, चेतना अभिबृद्धीका विविध कार्यक्रम, शारिरिक सुंगठन संचालन, घरघरमा फोहोर संकलन गर्न ई रिक्सा खरिद गरी फोहोरको ब्यवस्थापन, सडक बत्ति, खेलमैदान निर्माण, सार्वजनिक शौचालय निर्माण, क्लव भवन निर्माण लगायतका कार्य गरेको अध्यक्ष अष्टबहादुर श्रेष्ठले बताउनु भयो । 
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा झण्डै २ हजार ५ सय सामाजिक संस्था दर्ता भएका छन् । मुस्किलले ५ सय वटा संस्था नियमित नविकरणमा छैनन् । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव अनवरत रुपमा संचालन भईरहेको छ । जसमा ५ सय ५२ जना सदस्य छन् भने गत आर्थिक वर्षमा मात्रै ३५ लाखको कारोवार गरेको लेखा परिक्षण गरेको छ । ४९ लाखसम्म कारोवार गरेको लेखापरिक्षण रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । संस्थापक अध्यक्ष सुरेश कक्षपति रहेर शुरु भएको उक्त संस्थामा नेतृत्व चयनका लागि निर्वाचन हुने गरेको छ । दोश्रो पटकका लागि अध्यक्ष अष्टबहादुर श्रेष्ठ चुनिनु भएको हो । संस्थाको आफ्नै एम्बुलेन्स मार्फत नागरिकलाई सेवा प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उक्त संस्थामा रमेश लामाले १४ वर्ष नेतृत्व गर्नु भयो भने हुकुम लामाले एक वर्ष नेतृत्व गर्नुभयो । अष्टबहादुर श्रेष्ठको पहिलो चार वर्षको कार्यकाल सम्पन्न भएर दोश्रो वर्षका लागि निर्वाचित हुनु भएको हो ।