2026 April 22/ 10:22: 22am

बनेपामा फागुन २१ देखि चैत्र २ गतेसम्म
बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेको आयोजनामा फागुन २१ गते देखि चैत्र २ गतेसम्म प्रथम बागमती स्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका बारेमा जानकारी गराईएको थियो । महोत्सवमा सांस्कृतिक कार्यक्रम, बालउद्यान लगायत समावेश गरिएको छ । 
उद्योगको स्तरउन्नतिका लागि उद्योगहरुलाई संस्थागत गर्न, प्रत्येक पालिकाहरुमा कोशेली घर स्थापना गर्न तथा सरकारले घोषणा गरेको औद्योगिक ग्राम स्थापना गर्ने उद्देश्यले घरेलु तथा साना उद्यमीहरुको छाता संस्था घरेलु तथा साना उद्योग महासंघ काभ्रेपलाञ्चोकले बागमती स्तरीय महोत्सव आयोजना गरेको अध्यक्ष सुवासना श्रेष्ठले बताउनु भयो । जिल्ला भित्र छरिएर रहेका उद्यमीहरुका आफ्ना उत्पादनहरुको विक्री तथा वितरणमा सहज बनाउन, प्रचार प्रसार गरी कोशेली घर निर्माण गर्न उक्त महोत्सवले सहयोग पु¥याउने अध्यक्ष श्रेष्ठले बताउनु भयो । कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ६ प्रतिशत रहेको छ । जिल्लामा घरेलु तथा साना उद्योगको तथ्याङ्क अनुसार ७ हजार ७ सय ५४ उद्यमी छन् । 
    महासंघले जिल्लाभरी छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुकोब जार पहुँच अभिबृद्धि, प्रविधि प्रतिस्थापन, स्वदेशी बस्तुको उपयोगलाई प्रभावकारी बनाउने, उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क गराउने उद्देश्यका साथ नेपाली वस्तु प्रयोग गरांै नेपाली भएकोमा गर्व गरांै, उद्योग गरौं उद्यमी बनाउ, उठाउ नेपाललाई भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको केन्द्रिय महिला समिति उपाध्यक्ष रोशनी उपाध्यायले बताउनु भयो । महोत्सवमा कृषिबाट उत्पादित सामाग्रीहरु, जडिबुटीहरु, लालिगुराँसको जुस, लब्सी, हस्तकला तथा प्रत्येक जिल्लाका चर्चित उत्पादनहरु सहभागी गराईनेछ । पत्रकार सम्मेलनमा केन्द्रिय उपाध्यक्ष रोशनी उपाध्याय, बाग्मती प्रदेश सदस्य सिद्धिबहादुर कर्माचार्य, पूर्व अध्यक्ष भवानी जोशी, जिल्ला अध्यक्ष सुवासना श्रेष्ठ, महिला अध्यक्ष निरु बैदार, बनेपा ब्वाईज क्लवका अध्यक्ष महेश कर्माचार्य लगायतले महोत्सवका बारेमा जानकारी गराउनु भएको थियो । महोत्सवमा १ सय १ सय ६० वटा स्टल रहनेछन् । महोत्सवमा उद्यमीहरुका समस्या, समाधानका उपाय तथा प्रविधिका बारेमा जानकारी गराईनेछ ।