बनेपा/बनेपा नगरपालिका ७ धनेश्वरी स्थिीत पाकुडोल मार्गमा जाने वाटो हयाचरीका कारण केहि वर्ष देखी बन्द हुदै आएकोमा वडा अध्यक्ष वर्ण शाक्यको पहलमा खुलेको छ ।
स्थानियबासीको समास्या र आग्रह अनुसार जनतालाई सहज बनाउन स्थानियबासी, वडा अध्यक्ष र ह्याचरीको लामो छलफल पछि उक्त बाटो खुलाईएको वडा अध्यक्ष वर्ण शाक्यले वताउनु भयो । हामि निर्वाचित भएकै जनताका समस्या, विकास निमार्णका काम गर्न पठाउनु भएकाले जनताकै काम गर्ने बताउनु भयो । वडामा अहिले ४ दोवाटो बाट गोदाम चोक सम्म सडकको दाँया वाँया फुटपाथ निमार्ण गर्न लागएिको, आगामी २ वर्ष भित्रमा सबै सडक कालोपत्रे गरिसक्ने, स्वच्छ खानेपानि आगामी असार सम्म आईसक्ने शाक्यले वताउनु भयो । जनताको प्रत्यक्ष सहभागितामा विकासमा सफल हुने भएकाले विकास गरे सगै त्यसलाई संरक्षण गर्नु पर्ने शाक्यले वताउनु भयो ।





