2026 April 22/ 07:06: 02am

पनौती/फागुन ९ गते शिवरात्रीको अवसर पारी पनौती नगरपालिका ७ स्थित इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुदी हुने भएको छ । भागवत धर्म संरक्षण समितिको अयाोजनामा हुने महारुद्री कार्यक्रममा १ सय २१ जना ब्रम्हाण बटुकबाट रुद्र पाठ गरिनेछ । 
आध्यात्मिक शक्ति प्राप्त गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको भागवत धर्म संरक्षण समितिका अध्यक्ष अच्युत भट्टराईले जानकारी दिनु भएको छ । ‘भौतिक सुख र शान्तिबाट टाढा रहेको अवस्थामा सबैलाई आध्यात्मिक सुख र आत्मा शान्तिको अनुभति गराउनका यो कार्यक्रम आवश्यक छ’– अध्यक्ष भट्टराईले भन्नु भयो–‘महारुद्रीमा धर्मप्रति आश्था राख्ने भक्तजनहरुको सहभागितामा हुने अपेक्षा गरिएको छ ।’  कार्यक्रम विहान १० बजे शुरु भई तीन बजे समापन हुनेछ । कार्यक्रममा भक्तजनहरुलाई जल अभिषेक र प्रसाद वितरण गरिनेछ ।