2026 April 22/ 07:21: 10am

बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाको १७ औ बर्षिक उत्सव तथा अभिभावक दिवस नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले अभिभावक, विद्यार्थी र शिक्षकको समन्वय महत्वपूर्ण भएकाले बालबालिकाहरुका लागि शैक्षिक गुणस्तरका लागि अभिभावकले दिने संस्कार महत्वपूर्ण हुने बताउनु भयो । सामाजिक रुपान्तरण र शैक्षिक अभियानमा उद्योग बाणिज्य महासंघले सहकार्य गरिरहेको बताउँदै शिक्षाको गुणस्तर बृद्धी गर्न आधारभु तह देखि नै हरेक क्षेत्रले ध्यान दिनु पर्ने अध्यक्ष राणाले बताउनु भयो । अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरु, शिक्षासेवीहरु, स्टुडेन्ट अफ द ईएर लगायतका सम्मान वितरण गरिएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकालले शिक्षाले समाजको रुपान्तरण गर्न सक्ने भएकाले ज्ञानकुञ्जको गुणस्तरमा विद्यार्थी र अभिभावक सन्तुष्ट भएकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो । ललितपुर जिल्ला अध्यक्ष कृष्णलाल महर्जन, मेदान्त एकेडेमीका प्रिन्सिपल दिपक बाँस्कोटा, बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, वडा नम्वर ८ का दानबहादुर मानन्धर, अभिभावक रामचन्द्र भट्टराई, विद्यार्थी राजाबाबु शाह लगायतले ज्ञानकुञ्ज स्कुलले उपलब्ध गराएको शैक्षिक गुणस्तरका बारेमा मन्तब्य राख्नु भएको थियो । 
    संचालक आत्मराम थापाले सहभागिहरुलाई धन्यवाद ब्यत्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै प्रतिभाहरु प्रस्तुत गरेका थिए । जिल्लामा नीजि क्षेत्रबाट संचालित मण्टेश्वरी देखि मास्टर डिग्रीसम्म संचालित एक मात्र विद्यालय ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानले विद्यार्थीहरुको परिक्षा देखि अतिरिक्त कृयाकलापमा समेत उत्कृष्टता हासिल गर्दै आएको छ ।