2026 April 22/ 07:20: 04am

बिन्धवासिनीको सेवा काठमाण्डौंमा पनि
बनेपा/काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले एक समारोह बीच २७ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि नेपालका  अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता  सम्पन्न भएको छ । प्रमुख अतिथि मिनराज कँडेलले सहकारीहरुमा उत्कृष्ट सहकारीको रुपमा रहेको उक्त सहकारीले लगातार ३ वर्ष ब्ऋऋभ्क्क् क्ष्खिभच द्यचबलम प्राप्त गरिसकेको छ अब यसले ब्ऋऋभ्क्क् न्यमि द्यचबलम प्राप्त गर्नु पर्ने वताउनु भयो ।  वित्तीय क्षेत्रमा सहकारीले २० प्रतिशत भन्दा वढी योगदान दिएको जानकारी दिदै नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सम्पन्न गर्न सहकारीहरुले आ–आफ्नो क्षेत्रवाट लाग्नुपर्ने कुरामा कंडेलले जोड दिनुुभयो । कार्यक्रमका विशेष  अतिथि नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले स्थिरिकरण कोष र यसको महत्वको वारेमा संस्थाले सबृद्ध नेपालको परिकल्पनालाई पूर्ण रुपमा सफलता प्राप्त गर्न सदस्यहरुलाई व्यवसायिक वनाउनु वताउनु भयो । आ–आफ्नो तर्फवाट विभिन्न निकायसंग समन्वय गराई भगिनी संस्थाकोे रुपमा कार्य गराउन पुलको रुपमा कार्य गर्न प्रतिवद्ध रहेको पौडेलले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैक सम्पूर्ण सहकारीहरुको बैक भएकोले सहकारी बैंकले गर्न सक्ने बिन्धवासिनीलाई जुनसुकै सेवा प्रदान गर्न तयार रहेको वताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले वर्तमान बैंक तथा वित्तीय अवस्थाको वारेमा चर्चा गर्दै विन्धवासिनी सहकारीले सुशासन र पारदर्शिता कायम गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको आएको वताउनु  भएको थियो । 
    कार्यक्रममा स्थापना दिवसको अवसरमा संस्थाले काठमाडौमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्था र विन्धवासिनीको एकिकृत कारोवार घोषणा कार्यक्रममा साविक सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं व्यवस्थापकले संस्थाको वित्तीय विवरण तथा हिसाव खाताहरु बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरी एकिकृत कारोबारको समेत शुभारम्भ गरिएको  जानकारी दिईएको थियो । एकिकृत कारोबार शुभारम्भ पछि बिन्धवासिनीको सेवा काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्ला गरी दुई जिल्लाभर कायम भएको र बिन्धवासिनीको सेवा अव काठमाण्डौबाट समेत प्रारम्भ भएको जानकारी दिईएको थियो  । 
समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम अन्तर्गत स्थापना दिवसको अवसर पारेर भकुण्डे सेवा कार्यालयमा निःशुल्क दन्त परीक्षण, तेमालमा रहेको भुमेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण, पनौतीमा रहेको प्राणनाथ माईती बृद्ध आश्रमका लागि भाैितक सामाग्री तथा फलफूल वितरण, नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका सिमाना क्षेत्रहरुमा स्वागत वोर्ड राखिएको, च्यासिंखर्क सेवा केन्द्रबाट पूर्ण कालीन सेवाको प्रारम्भ, खुल्ला रक्तदान तथा रक्तचाप परीक्षण, संस्थाको संस्थापक सचिव दिवाकर गुरागाईलाई स्वास्थ्य उपचार सहयोग वितरण, निःशुल्क आँखा शिविर, कार्यालयहरुमा दिपावली आदि कार्यक्रमहरु आयोजना गरिएको संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले जानकारी गराउँदै  जिल्लाभित्र १ हजार ६ सय ८५ वटा समूह मार्फत ३५ हजार सात सय शेयर सदस्य र ७ हजार तीन सय सत्तरी जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४३ हजारसेवाग्राही,  शेयर पुँजी ३० करोड ९१ लाख २५ हजार, ऋण लगानीमा वाँकी २ अर्व २३ करोड ८१ लाख ८३ हजार, बचत तथा निक्षेप २ अर्व १६ करोड ९८ लाख ६५ हजार पुगेको छ भने कुल सम्पत्ती २ अर्ब ८८ करोड ११ लाख ४९ हजार सम्पति पु¥याउन संस्था सफल भएको प्रमुख ब्यबस्थापक केवि लामाले जानकारी दिनुभएको थियो ।
संस्थाले उक्त कार्यक्रममा नव निर्वाचित राष्ट्रिय सहकारी महासंघ नेपाल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना, संस्थापक सदस्यहरुलाई सम्मान, विभिन्न कार्यक्रमहरुमा संस्थालाई विभिन्न सास्कृतिक कार्यक्रम तथा स्थान सहयोग गर्नुहुने संघ संस्थाहरुलाई प्रशंसा पत्र तथा सम्मान, रक्तदान तथा निशुल्क रक्तचाप परिक्षण, ०७५÷०७६ को कारोवारको आधारमा ४१ जना सदस्यलाई असल ऋण परिचय पत्र  तथा सम्मान,  दलित छात्रवृत्ति, उत्कृष्ट सेवा कार्यालय व्यवस्थापन उपसमिति पुरस्कार तथा सम्मानबाट पनौती सेवा कार्यालय व्यवस्थापन उपसमिति, कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट कर्मचारी पुरस्कार सेवा कार्यालय पाँचखालका कर्मचारी घननाथ दंगाललाई पुरस्कार तथा सम्मान गर्नुका साथै दिर्घसेवा पदकबाट सेवा कार्यालय बनेपामा कार्यरत सहायक व्यवस्थापक विश्वनाथ गुरागाईलाई सिल्भर मेडल सहित सम्मान गरिएको  कार्यक्रमको संचालन संस्थाका लेखा थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य सचिव रामशरण भण्डारीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रशासन विभागका विभागिय व्यवस्थापक त्रिलोचन घिमिरेले गर्नुभएको थियो ।