2026 April 22/ 07:21: 15am

पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष ०७६/०७७ को अर्धवार्षिक समिक्षा गोष्ठि नेपाल बचत तथा ऋण केन्द्रिय संघ नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत  शीवजी सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । 
प्रमुख अतिथि शिवजी सापकोटाले सकारात्मक सोच  उदेश्यका साथ सुरुवात गरिएको यस संस्था सधै उच्च सोच र सुशासनका साथ कार्य गरिरहेको प्रमाणको रुपमा विभिन्न समयमा प्राप्त सम्मान, ब्राण्ड र पुरस्कारलाई लिन सकिने वताउनु भयो ।  प्रदेशवाट प्राप्त सम्मानलाई पनि  एक उपलब्धिको रुपमा लिदै अझै सकारात्मक रुपमा अग्रगामि सोचका साथ प्रतिस्पर्धीहरु भन्दा अगाडी बढ्नका लागि योजना बनएर लाग्नुपर्ने सापकोटाले वताउनु भयो । 
 संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा  सम्पन्न  भएको थियो  । कार्यक्रममा स्वागत मन्तब्य  उपाध्यक्ष  कुमार प्रसाद लामिछानेल राख्न ुभएको थियो ।  लामीछानेले संञ्चालक समिति तथा उप समिति तथा कर्मचारीहरुलाई  मियोका रुपमा रहेर संस्थालाई चलायमान गराउँदै बगमती प्रदेशको उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।   कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएकोमा  संस्थालाई धन्यबाद दिदै सानो रुपमा स्थापना गरिएको संस्था आजको स्थितिमा अइपुग्नु आफैमा गर्वको कुरा रहेको बताउनु भयो । 
संस्थाका गतिविधीहरुलाई  निरन्तरता दिदै जानको लागि कार्यको समिक्षा र पुनर्योजनाको कार्यले सहज हुने श्रेष्ठले वताउनु भयो । कार्यक्रममा  संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरीप्रसाद तिमाल्सिनाले  लेखा तथा सुपरिबेक्षण समितिको अर्धवार्षिक प्रतिवेदन पेश गर्दे संस्था सुशासनमा रहेको  आर्थिक प्रगतिको अवस्था पनि सन्तोषजनक रहेको वताउनु भयो ।  तिमल्सिनाले  विभागको सूचनामा प्रकाश पार्दै संस्थालाई आफ्नो कार्यक्षेत्र भित्रका उपलब्ध संस्थाहरुमध्ये पहिलो छनौटको रुपमा स्थापित गराउन लागिपरिहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा  संस्थाका परामर्शदाता  दीपक थापाले  प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा संस्थालाई निरन्तर रुपमा प्रतिस्पर्धामा उत्कृष्ट कायम राख्नको लागि संस्थाको सुशासन र उत्कृष्ट ब्यवस्थापनलाई सधै कायम राख्नु पर्ने र प्रतिस्पर्धाको विचमा उत्कृष्ट रहनु बताउनु भयो । संस्थाको आ.व. २०७६÷०७७ अर्धवार्षिक तुलनात्मक प्रतिवेदन  संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले वित्तिय लक्ष्यका विभिन्न सूचांकरहरुमा भएको  प्राप्तिको तुलनात्मक बिवरणहरु समेत पेश गर्नुभएको थियो ।  विशेषगरि संस्थाको वासलातमा लक्ष्यको आधारमा भएको प्राप्तिलाई अंकमा साथै प्रतिशतमा तुलनात्मक रुपमा पेश गर्नुहुँदै त्यसमा लक्ष्य अनुरुप नपुग भएका सूचाँकहरुका कारण साथै आ.व.को अन्तिम सम्म सूचांकहरुलाई लक्ष्य अनुरुप कसरि पुर्याउन सकिन्छ भन्ने योजना समेत प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा वित्तीय, प्रसाशनिक ,कर्मचारी ब्यवस्थापन, भेला, गोष्ठि तथा कार्यक्रमहरुको लक्ष्य तथा प्राप्ति विबरण पेश गर्दै समग्रमा पुस मसान्त सम्म ९४.०२ प्रतिशतको लक्ष्य प्राप्ति भएको जनाकारी गराउनु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष प्रताप ताम्राकारले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाको आम्दानि तथा खर्चमा भएको परिमार्जन साथै कार्यक्रमहरुको लक्ष्य प्राप्तिका लागि केन्दिय कार्यालय तथा सेवाकेन्द्रहरु मार्फत कार्यक्रमको ब्यापकता गराई कार्यक्षेत्र भित्रका जनसमुदायमा संस्थाप्रतिको सकारात्मक भावना विकास गराई आवद्धताको लागि पे्ररित गर्नु पर्ने बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभापतित्वमा सम्पन्न भएको थियो  ।