2026 April 22/ 07:21: 11am

बनेपा/नाईटिङ्गेल एकेडमेी माध्यमिक विद्यालयको ३० औ वार्षिकउत्सब १५ औ अभिभावक दिवस तथा एसईई विद्यार्थीहरुलाई सम्मान र विदाई कार्यक्रम विष्णुदल गणका प्रमुख सेनानी सुवाष खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख सेनानी खड्काले विद्यालयमा पढाई सगै विद्यार्थीहरुलाई एक्स्टा« गतिविधी सञ्चालन गरी विद्यार्थीहरुको सर्वाङ्गीण विकास हुने विश्वास ब्यक्त गर्नु भयो । विद्यालयमा एन सी सी तालीम, स्काउट, खेककुद सप्ताह, अन्तर विद्यालय अतिरिक्त कृयाकलाप लगाएत कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । विद्यार्थीहरुलाई शैक्षिक सगै शारिरिक, ब्यबहारीक ज्ञान दिन आवश्यक रहेको खड्काले वताउनु भयो । कार्यक्रममा विद्यालय सञ्चालक समिती अध्यक्ष रत्नकुश रञ्जितले विद्यालयमा विद्यार्थीको क्षमता, भावना अनुसार मल्टिी मिडया मार्फत कक्षा सञ्चालन गरिएको बताउनु भयो । प्रविधिको विकास सगै प्रविधिअनुसारको विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा, खेलकुद, अतिरिक्त क्रियाकलापमा जोड दिएको वताउनु भयो । विद्यालयमा शैक्षिक सत्र २०७६ मा ८ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरी रहेका र आगमी शैक्षिक सत्र बाट कक्षा ११ सञ्चालन गर्ने   सञ्चालक अध्यक्ष रत्नकुश रञ्जितकारले वताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सहायक प्रिन्सिपल उमा बस्नेतले राख्नु भएको थियो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ, विद्यालयका सल्लाहाकार एवं शिक्षा सेवी ज्ञानबहादुर केसी, नेपाल रेडक्रस सोसाईटी जनागाल उपशाखा सभापति तथा समाजसेवी सानुभाई विष्ट लगाएतका बयक्तिहरुले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा एसईई २०७५ सालमा उतिर्ण विाद्यर्थीहरुलाई पुुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरी आफ्ना अभिभावकहरलाई मनोरञ्जन प्रदान गरेका थिए ।