धुलिखेल/व्यक्तित्व विकास शिविरको उद्घाटन पंतजली योग समिति हरीद्धार भारतका आयुर्वेदिक सिरोमणी आचार्य बालकृष्ण महाराजले उद्घाटन गर्नुभएको छ ।
शिबिरको उद्घाटन गर्दे आचार्य बालकृष्णले धुलिखेलमा आयुर्वेदिक अस्पताल निमार्ण भईरहेको र आगामी दिनमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । पंतजली योग समिति बाग्मती प्रदेशका युवाहरुको लागि आयोजना गरिएको शिविरमा प्रदेश भरका लगायत काभ्रे जिल्ला पंतजली योगका विभिन्न सेन्टरहरुबाट र बिभिन्न विद्यालयहरुका विद्यार्थीहरु लगायत करीव ५०० भन्दा बढी योग साधकरुह सहभागिता रहेको छ । शिविरको उद्घाटन समारोहमा स्वागत मन्तब्य पंतजली योग बाग्मती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेल राख्नु भएको थियो । तौजलले स्वामी रामदेव र आचार्य बालकृष्ण महाराजको निर्देशन बमोजिम योग जागरणमा काभ्रे जिल्लालाई उत्कृष्ट योगमय जिल्ला बनाउन आफू कटिबद्ध रहेको र उक्त कार्यक्रमबाट बाग्मती प्रदेश नै योगमय प्रदेश बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पंतजली योग समिति नेपालका ट्रष्टि शालिकराम सिंह, कार्यक्रमका विशिष्ट अतिथि धुलिखेल नगरका प्रमुख अशोक कुमार व्याञ्जु, हरीद्धारबाट पाल्नुभएका योग गूरु र योग स्वामीहरु बाट शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व पंतजली योग युवा समिति नेपालका प्रभारी लोकनाथ खनालले गर्नुभएको थियो भने कार्यक्रमक व्यवस्थापन पंतजली योग समिति काभ्रेका अध्यक्ष दमन कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुले गर्नू भएको योग साधक मिलन श्रेष्ठले बताउनुभयो ।





