2026 April 22/ 07:20: 03am

बनेपा/प्याब्सन बनेपा नगर समितिको आयोजनामा प्रथम बनेपा प्याब्सन कप २०७६ सम्पन्न भएको छ । 
प्रतियोगितामा बनेपा नगरपालिका अन्र्तगत १६ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो ।  प्रतियोगितामा  भलिबल, २ हजार मिटर दौड, हाईजम्प, रिले रेस, सट पुट लगाएतका खेलहरु रहेका थिए । भलिबल खेलमा छात्रा तर्फ एभरेष्ट एकेडेमी प्रथम, बाल निकेतन द्धितिय भलिबल छात्र तर्फ  प्रथम बाल निकेतन,  द्धितिय नाईटिङ्गेल एकेडेमी मावि रहेका छन् । रेस छात्रा तर्फ काभ्रे मावि प्रथम, लिंकन सेकेन्डरी स्कुल द्धितिय र छात्र तर्फ ईनोभेटेभ एकेडमेमी प्रथम र ज्ञान सरोबर मावि द्धितिय भएका छन् । त्यसै गरी २ हजार मिटर दौडमा छात्रा तर्फ नाईटिङ्गेल एकेडेमी प्रथम, काभ्रे मावि द्धितिय, बाल निकेतन तृतिय र छात्र तर्फ बेलर ईन्टरनेश्नल एकेडेमी प्रथम , ईनोभेटेभ एकेडेमी द्धितिय ,  र क्षितिज ईङ्गलिस बेडिङ्ग  तृतिय भएका छन् । त्यसै गरी हाईजम छात्रा तर्फ विद्या सागर प्रथम, बेलर ईन्टरनेशनल एकेडेमी द्धितिय, क्षितीज ईङ्गलिस मावि तृतिय र छात्र तर्फ विद्यासागर प्रथम बेलर ईन्टरनेशनल एकेडेमी द्धितिय, क्षितीज ईङ्गलिस मावि तृतिय भएका छन् । त्यसै गरी सटपुट छात्रा तर्फ ज्ञानज्योती सेकेन्डरी प्रथम,ग्रेसल्याण्ड द्धितिय, काभ्रे मावि तृतिय र छात्र तर्फ ज्ञानज्योती सेकेन्डरी स्कुल प्रथम, एभरेष्ट मावि द्धितिय र ग्रसेल्याण्ड तृतिय भएका छन् । 
खेलकुद समापन कार्यक्रम प्याब्सन केन्द्रिय सचिब भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । केसीले विद्यार्थिहरुलाई पढाई सगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु भएकोमा आयोजकलाई धन्यबाद दिनु भएको थियो । खेलको आयोजनाले निजी विद्यालयहरुलाई लाग्दै आएको घोकन्ते शिक्षा मात्र हुन्छ आरोप समेत हटेको केसीले बताउनु भयो । खेलले विद्यालयहरु प्रति सदभावको र सहकार्यको भावना, अस्वस्थ प्रतिस्पर्धा समेत हटने विश्वास लिएको र आगामि दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने केसीले वताउनु भयो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, काभ्रे प्याब्यसनका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङ, सचिब सुजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बसन्तराज नेपाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा बनेपा प्याब्सन नगर समितीका अध्यक्ष कुमार मानन्धरले बनेपा पहिलो पटक नगर कप आयोजना गरी सफलता पुर्वक सम्पन्न भएकोमा  सम्पुर्णमा धन्यबाद ज्ञापन दिनु भएको थियो । मानन्धरले खेलको आयोजना गरी बनेपा नगरभित्रका निजी विद्यायहरुको भाईचारा, सम्बन्ध र समस्या साटासाट गर्ने अवसर समेत मिलेको बताउनु भयो । आगामी वर्षहरुमा समेत खेललाई निरन्तरता दिने मानन्धरले बताउनु भयो । कार्यक्रम उत्कृष्ट विद्यालय र विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम लिकंन ईन्टरनेश्नलका प्रिन्सिपल भुपाल देवानले सञ्चालन गर्नु भएको थियो ।