2026 April 22/ 07:21: 15am

नाला/चण्डेश्वरी माध्यमिक विद्यालयको ७२ औ वार्षिको उत्सब बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बादेले विद्यार्थीहरुलाई पहिलो पाठशाला घर भएकाले विद्यालयमा मात्रै लिएको शिक्षाले नपुग्ने वताउनु भयो । वादेले तर विद्यालयले कस्तो शिक्षा दिन्छ, त्यसमा भर पर्छ, एउटा अशल विद्यार्थीले घर, समाज र राष्ट्र सबल हुने भएकाले गुणीस्तरीय शिक्षा दिनु पर्नेमा जोड दिनु भयो । नाला भेगकै नमुनाको रुपमा रहेको चण्डेश्वरी माविको शैक्षिक अबस्था राम्रो हुदाँ हुदै पनि विद्यार्थीहरुलाई नैतिक शिक्षा दिन आवश्यक रहेको वादेले वताउनु भयो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्राचार्य राजेनद्र बज्रचार्यले प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा यस शैक्षिक सत्रमा ३ सय ५३ जना विद्यार्थीहरुले अध्यापन गरिरहेका वताउनु भयो । विद्यालयको आफ्नै स्कुल बस, पर्याप्त खेल मैदान, शिक्षकहरुलाई समय अनुसारको तालिम प्रदान, विद्यार्थीहरुलाई पढाईको अलवा प्रयोगात्मक शिक्षा, शिशु कक्षा बाट नै अ्रग्रेजी माध्यममा पढाई हुने लगातएका कार्यक्रमहरु रहेको बताउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, नन्दादेवी आधारभुत विद्यालयका प्रध्यानाध्यापक तुलप्रसाद दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भयो । कार्यक्रममा कक्षा १२ र एस ई ईमा उतिर्ण विद्यार्थीहरुलाई विदाई र विद्यालयमा विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले नाला भेगकै पुरानो र उत्कृष्ट विद्यालय रहेकाले सबै अभिभावकको सहयोग आवश्यक रहेको वताउनु भयो । महँगो पैसा तिर्देमा पढाई राम्रो नहुने हुँदा चण्डेश्वरी माध्यमीक विद्यालयमा सबै शिक्षक अभिभावक र विद्यार्थीको मेहनतले पढाईको गुणस्तर राम्रो भएको बताउनु भयो । चण्ण्डेश्वरी विद्यालयमा आगामी शैक्षिक सत्रबाट प्राविधिक विषयहरु थप गरिने, नयाँ विषयहरु थप गर्दे केहि वर्ष पछि कलेज सञ्चालनको तयारी गरिएको वताउनु भयो । कार्यक्रममा स्वागत मन्तबय शिक्षिका रिता बादेले राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।