2026 April 22/ 07:35: 36am

पनौती/पनौती नगरपालिकाको कला संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ पनौती नगरपालिकाको सहयोगमा पनौती जात्रा पर्व ब्यबस्थापन समितीको आयोजनामा धिमे बाजा तथा वासुरी बाजा प्रशिक्षण कार्यक्रममा सहभागि भएका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका विच दिक्षीत गरिएको छ । 
प्रशिक्षार्थीहरुलाई दिक्षित गर्दे कार्यक्रममका प्रमुख अतिथी पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले हाम्रो कला र संस्कृती जोगाउनु पहिलो कर्तब्य तथा दायित्व रहेको बताउनु भयो । संस्कृती रहे सम्म हाम्रो पहिचान रहने भएको हुदाँ संस्कृतीलाई जोगाउन सबै समुदाय लाग्नु पर्ने न्यौपानेले वताउनु भयो । नगरपालिकाले नगगरपालिका भित्र रहेका सबै जात जाती, धर्म, संस्कृतिहरुलाई जोगाउन कुनै कसुर बाँकी नराखिने समेत न्यौपानेले वताउनु भयो । प्रशिक्षार्थिहरलाई सिप, कला सिकेपछि पछिल्लो पुस्ताहरुलाई समेत हस्तान्तरण गर्दे आफ्नो संस्कृती जोगउन लाग्ुपर्ने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका पुर्व नगर प्रमुख सप्तकाजी ताम्राकार, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाई, बरिष्ठ प्रशसकिय अधिकृत ईन्द्र प्रसाद अधिकारी, पनौती जात्रा पर्व मुल ब्यबस्थापन समितीका सल्लाहकार लक्ष्मीनारायण ताम्राकार, नेकपा पनौतीका संयोजक सहदेब थापा, नेपाली कांग्रेस पनौती नगर समिती सभापति रामशरण भण्डारी, बरिष्ठ बाद्यवादक तथा प्रशिक्षक धर्म मानन्धर, जाकिडोल लाखे नाच ब्यबस्थापन समितीका अध्यक्ष सुर्वण श्रेष्ठ लगाएतका ब्यक्तिहरुले संस्कृतीको जगर्नो गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा समितीका सचिब निवास श्रेष्ठले गत साउन बाट शुरु भई माघ महिना सम्म धिमेबाजाका २० जना र वासुरी वाजाका ३७ जनालाई प्रशिक्षण दिईएको बताउनु भयो । त्यसै गरी समितीले पनौतीमा हुने सम्पुर्ण जात्रा, चाडपर्वहरुमा उक्त बाजाहरुलाई प्रयोगमा ल्याउने र तालिम लिएका प्रशिक्षार्थीहरुलाई सहि सदुपयोग गर्न  श्रेष्ठले आग्रह गर्नु भयो । आगामी दिनमा पनि नगरका विभिन्न, काष्ठकला, चित्रकला सम्बन्धी नगरपालिका सगं समन्वय गरी समितीले तालिम प्रदान गरिने सचिब श्रेष्ठले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य समितीका उपाध्यक्ष शिबनारायण घुल्लुले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष कृष्णधन कर्माचार्यले गर्नु भएको थियो ।