लक्ष्मण तिमल्सिना
नाला
२०७२ सालमा गएको भुकम्प पछि ४ लाख ८२ हजार घरहरु निमार्ण सम्पन्न भएको सुचना तथा सञ्चार मन्त्री एवं शहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले वताउनु भयो ।
बनेपा नगरपालिका वडा नम्बर ३ को भवन शिल्यान्यास कार्यक्रममा बास्कोटाले उक्त कुरा बताउनु भएको हो । बाँस्कोटाले निर्वाचनका समयमा जनतालाई बाँडेका घोषणा पत्र अनुसार काम गरेको वताउनु भयो । ‘२ वर्षको अवधिमा धेरै काम भएका छन्, कामको परिणाम देखीदै गएको छ’– बाँस्कोटाले भन्नु भयो । निमार्ण ब्यबसायीहरुले सम्झौता गरेको समयमा काम नसकेमा तिन पुस्ताको सम्पती बाट क्षतीपुर्ती भराउने र समयमा काम सक्ने निमार्ण ब्यबसायीहरुलाई पुरस्कार गर्ने कानुन बनेको बताउनु भयो । त्यसै गरी बनेपा नगरपालिका वडा नम्बर ३ को सुमारामा रहेको प्रभात आधारभुत विद्यालयको ८ कोठे भवन उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले शिक्षकहरुले सामुदायीक विद्यालय प्रति अभिभावकको विश्वास जित्ने गरी अध्यापन गराउनु पर्ने बताउनु भयो । विकासको पहिलो काम शिक्षा भएकाले सरकारले पहिलो प्राथमिकता विद्यालयका भवन, स्वास्थ्य, सडकलाई राखेको वताउनु भयो । सामुदायीक विद्यालयको पढाई खस्कदै गएकाले त्यसलाई सुधार गर्न अभिभावक, शिक्षक, समुदाय सबै लाग्नु पर्ने मन्त्री बास्कोटाको भनाई रहेको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका ३ नम्बर वडाको भवन ७० लाख रुपयाँमा निमार्ण हुन लागेको निमार्ण उपभोक्ता समितीका अध्यक्ष रामप्रसाद दाहालले वताउनु भयो । भवन समयमै सम्पन्न गरी जनताका कामहरुलाई अझै ब्यबस्थीत बनाउने अध्यक्ष दाहालले वताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुामागाईले तिनवटै सरकार मिली जनतमको सम्मान गर्दे अगाडी बढ्ने वताउनु भयो । जनताको भावनामा ठेस लाग्न नदिई विकासका कामहरु अगाडी बढाएको समेत हुमागाईले वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरका सबै वडा कार्यलयहरुलाई ब्यबस्थीत गर्न लागीएको बताउनु भयो । भएका वडा कार्यलयहरुलाई मर्मत, नभएका वडाहरुमा नयाँ भवन बनाई प्रविधी मार्फत जनताका कामहरु छिटो, ब्यबस्थीत गर्न जनप्रतिनीधिहरु लागीरहेको बताउनु भयो । नितवटै सरकार मिली जनताका आवशयकताका अधारमा विकासका कामहरुलाई प्राथमिकतामा राखिएको समेत बादेले वताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रोखा दाहाल सापकोटाले सबै वडाहरुको विकासका कामहरु तिव्र गतिमा भएको बताउनु भयो । सबै वडाहरुमा विकासले फड्को मारेको छ दाहालको भनाई थियो । त्यसै गरी वनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहालले वडाबासीहरुको भावना अनुसार स्वास्थ्य चौकी, खानेपानि, सडक पार्क, खेलकुद मैदान जस्ता विकास निमार्णका कामहरु अगाडी बढाएको वताउनु भयो । वडा बासीहरुको प्रत्यक्ष सहभागितामा विकास निमार्णका कामहरु तिव्र गतिमा अगाडी बढेको दाहालले वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्याल, १४ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न सघं संस्थाका प्रतिनीधीहरु, स्थानियबासीहरको सहभागिता रहेको थियो ।
नन्देमाता खोलाको पुल उद्घाटन
बनेपा नगरपालिका वडा नम्बर ३ काशिभञ्याङ्ग बाट सुमारा जोड्ने नन्देमाता खोलाको पुल उद्घाटन गरिएको छ । पुल निमार्ण गर्न बनेपा नगरपालिकाबाट २२ लाख विनयोजित भई समयमै काम सम्पन्न भएको वडा अध्यक्ष कृष्ण प्रसाद दाहालले वताउनु भयो । सुमाराका जनतालाई वडा कार्यालय सम्म आउन जान समेत धेरै समस्या रहदै आएकोमा अब उक्त पुल निमार्ण सम्पन्न पश्चात सहज भएको दाहाले वताउनु भयो । केहि महिना अघिमात्र उक्त पुलको शिल्यान्याश बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले पुल निमार्ण समयमै सम्पन्न गर्ने उपभोक्ता समितीलाई धन्यबाद समेत प्रदान गर्नु भएको थियो ।
प्रभात अधारभुत विद्यालयको भवन उद्घाटन
भुकम्प बाट क्षती भएको विद्यालय प्रभात आधारभुत विद्यालयको भवन उद्घाटन तथा ३३ औ वार्षिक उत्सब सम्पन्न भएको छ । कार्यक्रममा बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, राष्ट्रिय पुननिमार्ण प्राधिकरण काभ्रेका प्रमुख द्धारिकालाल पोखरेल, वनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, नेपाल शिक्षक महासघंका उपाध्यक्ष साधुराम दाहाल शिक्षक जगन्नाथ दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तबय राखेका थिए । १ करोड ३० लाखमा ८ कोठे पक्कि भवन , १५ लाखमा शौचालय निमार्ण भएको कार्यक्रममा बताईएको थियो । कार्यक्रममा विद्यालयमा जग्गा दान गर्नुहुने जग्गा दाता, चन्दा दाता शिबप्रसाद दाहाल, मनाकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल लगाएतका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रामबहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।





