धुलिखेल/पुर्व माननियहरुको लगानीमा संचालन भएको क्रसर उद्योगले क्षति पु¥याई बन्द भएको विपी राजमार्गको डाईभर्सन हटाउन शुरु गरिएको छ ।
पुर्व मन्त्री शंकर भण्डारी, पुर्व सभासद् तीर्थ लामा सहितको लगानीमा रहेको साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि ले क्रसर संचालनका लागि विपी राजमार्ग रोकेर ‘डाईभर्सन’ सडक संचालन गरेको छ । सडक छेकेको क्रसरले खोला छेकेर डस्ट गोदाम गरेको छ । ‘राजमार्ग नै अवरुद्ध गरेर डाईभर्सन गरेको क्रसरलाई नै राजमार्गको अवरोध हटाउन लगाई सडकको सिमा क्षेत्र भित्र क्रसर संचालनमा रोक लगाएका छौं’– सुर्यविनायक– धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाका प्रमुख सु्र्य भाटले भन्नुभयो–‘केहि दिन भित्रै सडक सूचारु गर्ने छौं ।’ क्रसरमा प्रयोग भएका मेशिनहरुको थर्काई कारण हिउँदमा समेत सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको हो । माघ २६ गते राति पहिरो जानु अघि माघ ११ गते रोशी खोलामा क्रसर बैकल्पिक सडक निर्माण गरिएको थियो ।
क्रसर उद्योग संचालनका लागि संघीय, प्रदेश सरकारवाट तोकिएको कार्यविधि विपरित जिल्लाका ३१ उद्योगहरु संचालन भएको छानविन समितिले निश्कर्ष निकालेको छ । चार वर्ष देखि उक्त उद्योगहरु नविकरण समेत भएका छैनन । जिल्लाको नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानीजन्य उद्योग, क्रसर(ढुङ्गा, गिट्टी, बालुवा) उद्योगहरुको स्थलगत अनुमगन गरी जिल्ला अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उद्योगहरुको अवस्थाका बारेमा उल्लेख गरिएको छ । ‘जिल्ला भित्र रहेका खोला तथा नदीहरुबाट हुने नदीजन्य पदार्थहरुको उत्खनन तथा संकलन कार्यलाई ब्यवस्थित गर्न बागमती प्रदेश सरकारले बनाएको विधेयक विपरित कार्य गरेमा वा नदीजन्य पदार्थ ठेक्का सम्झौता पालना नगरेमा वा राजश्व छली हुने गरी संकलन तथा ओसार पसार गरेमा दण्ड जरिवना गर्ने निर्णय भएको छ’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले भन्नु भयो– ‘संघीय÷प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड (दुरी) काभ्रे जिल्लामा संचालन भएको नदीजन्य, खानीजन्य र क्रसरहरु मध्ये अनुगमन गरिएका ३१ वटा उद्योगहरुको तोकिएको सबैको मापदण्ड पुगेको छैन ।’
समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले दर्ता नभई संचालन भएका क्रसर उद्योग तीन वटा रहेको जानकारी दिनु भयो । जस मध्ये विर वि एण्ड सन्स, भुम्लु–७, मञ्जुश्री मल्टीपर्पाेज प्रा.ली भुम्लु १०, नमोबुद्ध नगरपालिका वडा नम्वर ३ मा रहेको जगबैजेश्वर बालुवा उद्योग रहेका छन् । विर वि सन्स र मञ्जुश्री मल्टिपर्पाेजले बालुवा प्रशोधनको अनुमति लिई क्रसर उद्योग संचालन गरेका छन् भने जगबैजेश्वर बालुवा उद्योगले २०७५ साल देखि अनुमति विना अबैद्य रुपमा बालुवा उत्खनन तथा प्रशोधन गरिरहेको प्रतिवेदन बुझाईएको छ । खानी तथा भूगर्भ विभागले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र नमोबुद्ध नगरपालिकालाई कानून बमोजिम कारवाही गर्न माघ ७ गते पत्र पठाएको भए पनि बालुवा खानी बन्द भएको छैन । स्थानीय पीडित समुदायका नामबाट खानी तथा भुगर्भ विभागमा रामचन्द्र ओझा लगायतका लागि उजुरी गरेका थिए ।
नदिजन्य पदार्थमा आधारित उद्योग क्रसर उद्योग २०७२ असार मसान्त पछि नविकरण नभएको र २०७२ को भुकम्प पछि एक वर्षका लागि नविकरण नभए पनि संचालनका लागि अनुमति दिएको थियो । अनुगमन गरिएका उद्योगहरु मध्ये मनकामना एग्रिगेट, कालढुंङ्गा एग्रिगेट र मञ्जुश्री मल्टिपर्पाेजले कुनै पनि कागजात बुझाउन सकेका छैनन । जिल्लामा बालुवा प्रशोधनका लागि २ वटा, क्रसर उद्योगहरु २० वटा, दर्ता नभई संचालनमा रहेका २ वटा, आईई स्विकृत नभई संचालनमा भएको बालुवा प्रशोधन उद्योग १ वटा संचालनमा रहेको छ ।





