बनेपा/नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटीको आयोजनामा २५ औं जनयुद्ध तथा जनआन्दोलन दिवस मनाईएको छ । पार्टी अध्यक्ष रुकु चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दोङ्गले जनयुद्ध दिवसको औचित्यता, उपलब्धी र अबको पार्टीको कार्यदिशाका बारेमा बताउनु भएको थियो । जनयुद्धको जगमा जनआन्दोलन २०६२/०६३ सम्पन्न भएको बताउँदै दोङ्गले त्यस पछिका सबै उपलब्धीहरु रक्षा गर्ने गरी नेकपा नेतृत्वको सरकारले कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । सरकारले गरेका कार्यहरु जनताका बीचमा लैजान नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दै नेता दोङ्गले जनयुद्ध र जनआन्दोलनका घाईतेहरु, वेपत्ताहरु, मृतकहरुको परिवारका सन्र्दभमा राज्यले संरक्षण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा पूर्व सांसद विदुर सापकोटाले राजतन्त्र फालेर प्राप्त गणतन्त्रमा उपलब्ध भएका परिवर्तनहरु संस्थागत गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा पार्टी जिल्ला सचिव टोकबहादुर वाईवाले सबै सहिदहरुप्रति पार्टीले सम्मान गर्नु पर्ने बताउँदै पार्टीले शहिद परिवारका सदस्यहरुलाई सम्मान गर्दै उपलब्धीको रक्षा गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जिल्ला नेता उषा शिवभक्तिले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।





