2026 April 22/ 07:35: 35am

विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप
धुलिखेल/धुलिखेल नगरपालिकाद्वारा माघ २४ देखि २९ सम्म सञ्चालन भएको अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका विद्याहरुमा सहभागि विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शिक्षा तथा खेलकुद शाखाका प्रमुख माधव शर्मा, भोजकुमार ठकुरी, अशोक घिमिरे लगायतले प्रतियोगिता सम्पन्न सँगै विद्यालय र विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । 
प्रतियोगिताको हाजिरी जवाफतर्फ कक्षा ४ र ५ मा गोल्डेन सिद्धार्थ ईङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेल प्रथम भयो भने माउण्ट भ्यू इ.बो. स्कुल दोश्रो र धुलिखेल हाई स्कुल धुलिखेल तेश्रो भयो । दिपशिखा ईङ्गलिस स्कुल धुनपा २ पञ्चकन्या आधारभुत माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कक्षा ६ र ८ मा इम्मानुयल इ बो स्कुल धुलिखेल प्रथम, द्वितीय धुलिखेल हाई स्कुल, तृतीय डिभाइन लाईट सेकेण्डरी बोर्डिङ्ग स्कुल, सान्त्वना श्रीखण्डपुर मावि श्रीखण्डपुर भएका छन् । 
    त्यस्तै  कक्षा २ र ५ को चित्रकला प्रतियोगितामा प्रतिका प्रजा प्रथम पञ्चकन्या आवि चोलामाथ धुलिखेल, भूमिका चौलागाई द्वितीय सेतीदेवी मावि रवि, एन्द्रेश बल, तृतीय सञ्जीवनी मावि धुलिखेल, आकाश तामाङ सान्त्वना सरस्वती मावि बडालगाउँ र निसा तामाङ सान्त्वना कालीदेवी मावि डाँडागाउँ भएका छन् । त्यस्तै कक्षा २ र ५ को चकलेट दौड आयोजना गरिएको छ । कक्षा ६ र ८ को २ सय मिटर दौड प्रतियोगितामा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको छ ।