2026 April 22/ 07:35: 19am

खानीखोला/खानीखोला गाउँपालिका साविक डाँडागाउ गाविसका अध्यक्ष इन्द्रमान जिम्बाको ४८ वर्षको उमेरमा असामयिक निधन भएको छ । पेट सम्वन्धी रोगले केहि वर्ष देखि विरामी रहेका जिम्बाको विहिबार निधन भएको हो । 
काठमाडौंको जडिबुटीमा डेरामा निधन भए सँगै जिम्बाको शवलाई स्वयम्भुमा अन्त्येष्टी गरिएको थियो । उनको शव माथी पूर्व राज्य मन्त्री सूर्यमान दोङ्गले पार्टीको झण्डा ओढाउनु भएको थियो । भाई अविरल जिम्बाका अनुसार उनका तीन छोरा र एक श्रीमती छन् । नेकपा एमालेको तर्फबाट जिम्बा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।