2026 April 22/ 07:35: 18am

बनेपा/लामो समय देखि लिभिङ्ग टुगेदरमा रहेकी युवतीले आत्महत्या गरेको भन्दै उपचारका लागि अस्पतालमा पु¥याए पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत अवस्थामा रहेकी युवतीको शव परिक्षणका लागि शिक्षण अस्पताल पठाएको छ । 
    रोशी गाउँपालिका वडा नम्वर ८ मंगलटार घर भई बनेपा ११ सिनागालमा डेरा भाडामा बस्दै आएकी १९ बर्षीया युवती रञ्जिता तामाङले आफ्नै डेराको झ्यालमा आफैले लगाउने सुईटर घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा देखे पछि उनीसँग लिभिङ्ग टुगेदरमा रहेका युवक रोशी गाउँपालिका वडा नम्वर ५ घर भएका २२ बर्षिय तीर्थमान लामाले अस्पताल पु्¥याएका थिए । उपचार नहुँदै युवतीको निधन भएको अस्पतालले जानकारी दिएको छ । बनेपामा डेरामा बसी थान्का लेख्दै आएकी युवती रञ्जिताका भाई र बहिनी त्यहि घरको माथिल्लो तल्लामा डेरामा बस्थे । तीर्थमान र रञ्जिता एउटै डेरामा बसे पनि खाना भाई र बहिनीसँगै खाने गरेका थिए । तीर्थमान मजदुरी गर्दै आएका थिए । रञ्जिताको बुबा हुनुुहुन्न भने आमा बैदेशिक रोजगारमा हुनुुहुन्छ । बैदेशिक रोजगारमा रहेकी आमाले रञ्जिता र तीर्थमानको विवाह गरिदिने भएकाले आफु नआउँदासम्म भाई बहिनीको रेखदेख गरेर सँगै बस्ने अनुमति दिएकाले सँगै बसेको युवक तीर्थमानले बताएका छन् । 
    ‘सधंै झै खाना खाएर तल कोठामा झ¥यौं, म भिनाजुकोमा गएर साँझ ९ बजे कोठामा आउँदा उनि झुण्डिएको अवस्थामा देखें, तत्काल उनको पासो काटेर मैले अस्पताल पु¥याएँ तर उनि बाँचिनन्’–युवक तीर्थमानले भने–‘हामी बीच कुनै असमझदारी र झगडा भएको थिएन । रञ्जिताको आमा विदेशबाट फर्किए पछि विवाह गरिदिउँला भनेकाले सँगै बस्दै आएका थियौं । भाई बहिनीको रेखदेखका लागि सँगै बसेका हौं । नत्र हामी विवाह गरेर भाग्ने योजनामा थियौं ।’ प्रहरीले युवतीको मृत्युका बारेमा युवक तिर्थमानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।