पनौती/सिद्धार्थ बनस्थली ईन्ष्टिच्युटको ३३ आंै वार्षिकउत्सवको अवसरमा दोस्रो रामईलो मेलाको आयोजना गरिएको छ ।
विद्यालयका संचालक समितिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगितकार सुरेश अधिकारी, हास्य कलालाकार यम जिसी कलाकारहरु सरु राई, मुना रोक्का, अनिल श्रेष्ठ र सुजन सुवेदीको उपस्थिती रहेको थियो । मेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यार्थीहरुलाई सधै पढाई र भाषण सुनाउनु भन्दा अलि फरक खालको कार्यक्रम दिन लागीएको वताउनु भयो । पढाईको सगै मनोरञ्जन, प्राविधिक, ब्यबहारीक शिक्षामा जोड दिदै गत वर्ष विद्यालयमा विविध अतिरिक्त क्रियाकलाप कार्यक्रम, प्रत्येक हप्ता नयाँ नयाँ ब्यक्तित्व ल्याई विद्यार्थीहरुलाई नयाँ कुरा दिन खोजिएको बताउनु भयो । मेलामा विद्यार्थीहरुले पढेको कुरालाई ब्यबहारमा उतारी स्टल समेत राखेका थिए ।
मेलामा विद्यालयका प्रिन्सिपल नारायण निरौलाले विद्यार्थीको क्षमता अनुसारको शिक्षा दिन खोजिएको बताउनु भयो । विद्यालयमा प्ले ग्रुप देखी कक्षा १२ सम्म ६ सय विद्यार्थीहरु रहेको, एस ई ईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको, भर्खरै सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डको मा दोस्रो स्थान हासिल गर्न सफल भएको निरौलाले बताउनु भयो । मेलामा छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो ।





