बनेपा/बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको तल्ला थप तथा नगर स्वास्थ्य चौकी भवनको शिल्यान्यास बाग्मती प्रदेश काभ्रे २ ख का सांसद् बसुन्धरा हुमागाईले एक कार्यक्रमका बिच गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथी हुमागाईले जनताका आधारभूत आवश्यकता पूरा गरे पछि मात्र विकास पुरा हुने बताउनु भयो । विकास निमार्णका कामहरु जती गरे पनि त्यसको संरक्षण गरिएन भने त्यो काम नलाग्ने हुमागाईले वताउनु भयो । कार्यक्रममा हुमागाईले प्रदेश सरकारले १० लाख देखी माथीका ३० वटा योजनाहरु सम्भौता भई काम शुरु भएको बताउनु भयो । निर्वाचनमा वाचा गरेका प्रतिबद्धताहरुलाई ५ वर्ष भित्रमा पूरा गर्ने र जनतालाई धोका नदिने हुमागाईले बताउनु भयो । कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिका उप प्रमुख रेखा दाहाल सापकोटाले सबै वडामा स्वास्थ्य चौकी स्थापनाका लागी नगरपालिकाले योजना बनाई अगाडि बढेको बताउनु भयो । दाहालले जनताको आवश्यकताका आधारमा र प्राथमिकताका अधारमा नगरपालिकाले वडाबाट पठाएका योजनाहरुलाई नगर, प्रदेश र सघंबाट वर्गीकरण गरी अगाडी बढाएको बताउनुभयो । नगरमा बजेट विनियोजन भएका सबै योजाहरु पारदर्शी ढंगले सम्पन्न भएका र आफ्नो बाँकी कार्यकालमा पनि पारदर्शी बनाउने दाहालले बताउनु भयो । कार्यक्रममा प्रध्यापक भोला केसी, पूर्व वडा अध्यक्ष भैरब केसी, समाजसेवी नारायण पौड्याल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बर्ण शाक्य, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का शिवकुमार थापा, वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुवँर र १४ का वडा अध्यक्ष गौरी राउत, कार्यपालिका सदस्य उर्मिला बैध, वडा सदस्य, स्थानीयवासी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य कृष्णमणी कुँईकेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीले वडामा जनताको प्रत्यक्ष सहभागितामा विकासका कामहरु गर्न सहज भएको बताउनु भएको थियो । वडाको भवन तल्ला थपको लागि ३० लाख र स्वास्थ्य चौकीका लागी रु २० लाख नगरपालिकाबाट प्राप्त भएको केसीले वताउनु भयो । कार्यक्रममा केसीले निर्वाचनका समयमा जनतालाई बाँडेको घोषणा पत्रका आधारमा विकासका काम अगाडि बढााएको बताउनु भयो ।





