2026 April 22/ 05:39: 07am

ढुर्खक/बेथान्चोक गाउँपालिका वडा नम्बर ३ मा कुमारी पाठी वितरण तथा एक दिने अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । बेथान्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथी सापकोटाले समाजमा पिछडिएका दलित र ब्यवसायीकरण गर्नका लागी पाठी वितरण गरिएको बताउनु भयो । आयआर्जनका लागि उक्त कार्यक्रमबाट सहजता प्रदान गर्ने सापकोटाले बताउनु भयो । ‘लगनशिल भई आय आर्जनमा थप टेवा पु¥याई बाख्रापालन पेशालाई ब्यबसायीकरण बनाउदै रोजगारीको अवबस्था सिर्जना गर्ने र जिवनस्तर उकास्नका लागी कार्यक्रमको आयोजना गरिएको हो’–प्रमुख प्रशासकिय अधिकृत सापकोटाले वताउनु भयो । गाँउपालिकाले शुरु मात्र गरि दिने हो, ब्यबसायलाई निरन्तरता तपाईहरुले दिनु पर्ने उहाँले बताउनु भयो । 
कार्यक्रममा बेथान्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले फापरचौर मजुवाका १३ घर दलित परिवारलाई पाठी र एउटा खयर जातको बोका वितरण गरिएको जानकारी दिनु भयो । वडा कार्यालय मार्फत कार्यक्रमको अनुगमन गरी त्यसलाई निरनन्तरता दिन सहयोग पु¥याउने उहाँले बताउनु भयो । कार्यक्रममा लेखा अधिकृत विदुर गिरी, कार्यपालिका सदस्य ज्ञानबहादुर विक, पशु शाखा अधिकृत सुनिल कुमार महत लगायतले कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो ।