2026 April 22/ 05:40: 39am

बनेपा/गंगादेवी मावी बनेपा ५ ओपीको ५८ औ बार्षिकोत्सव वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसहरी घिमीरेको अध्यक्षतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष बलराम अधिकारीले सामुदायिक विद्यालयको ब्वस्थापन सुधार्दै गुणस्रीय शिक्षामा स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामसुन्दर देउजाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धीको लागि अभिभावक, विद्यार्थी, शिक्षक र सरकार सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । विद्यालय सुधार गर्नका लागि समुदायको मायाको खाँचो रहेको बताउनु भयो । विद्यालयमा संचालित अतिरिक्त कृयाकलाप, खेलकुद तथा अन्य विविध विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शुभ विहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बनेपा ७ ले विद्यार्थीहरुलाई स्विटर वितरण गरेको थियो । कार्यक्रममा बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।