2026 April 22/ 05:55: 01am

बनेपा/नेपाल पत्रकार महासंघ चितवन जिल्ला शाखाले अन्तर जिल्ला शाखा भ्रमण गर्ने क्रममा काभ्रेपलाञ्चोक शाखासँग भेटघाट गरेको छ । शाखा अध्यक्ष मोतीराम तिमल्सिना लगायतको टोलीले चितवन शाखाको टोलीलाई स्वागत गरेको थियो । 
दुबै शाखा बीच भएको अन्र्तक्रिया कार्यक्रममा चितवन र काभ्रेमा भएका गतिविधिहरु तथा अनुभव आदान प्रदान गरिएको थियो । चितवन जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडाले चितवन जिल्लामा भएका पत्रकार महासंघ र पत्रकारसँग सम्वन्धीत गतिविधिका बारेमा जानकारी गराउँदै जिल्ला भ्रमणको निम्ता प्रदान गर्नु भएको थियो । शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले पर्यटन वर्षलाई लक्षित गरी आन्तरिक भ्रमणमा निस्कि काभ्रेपलाञ्चोक जिल्लामा समेत अन्र्तक्रिया गर्ने अवसर जुटाई दिनु भएकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका कन्द्रिय सदस्य श्रृजना अर्याल र कृष्ण गिरी, बागमती प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, चितवन जिल्ला शाखाका पुर्व अध्यक्षहरु जनक अर्याल, हरिप्रसाद पोखरेल, सल्लाहकारहरु, कार्य समितिका पदाधिकारीहरु, प्रेस संगठन नेपाल चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला भित्रका गतिविधिहरु आदान प्रदान गर्दा थप उर्जा मिलेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा जिल्ला शाखा उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्य तथा सचिव नगेन्द्र अधिकारीको संचालन रहेको थियो ।