2026 April 22/ 05:55: 23am

लिखेल/माउण्ट भ्यु अंग्रजी माध्यमिक विद्यालयको आयोजनामा जिल्ला स्तरीय अन्तर माध्यिमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा काभ्रे ईङ्गलिस माध्यमिक विद्यालयका प्रसुन हुमागाई, स्नेहा शर्मा र र्निजला बञ्जारा प्रथम, पनौती ईङ्गलिस बोर्डिङ स्कुलका ग्रिष्मा रायमाझी, ईशा केसी र नविन तामाङ द्धितिय, सामुदायीक अंग्रेजी मावि पनौतीका सुवाष तामाङ, सिद्धान्त तिमल्सिना र अपेक्षा हुमागाई तृतिय र सान्त्वना क्षितीज ईङ्गलिस बोर्डिङ्ग स्कुल बनेपाका सागर मैनाली, प्रज्ञा श्रेष्ठ र रोजिना नेपाल रहेका छन् । प्रथम हुनेलाई नगद रु ३ हजार मेडल तथा प्रमाण पत्र, द्धितिय हुनेलाई नगद रु २ हजार मेडल र प्रमाण पत्र, तृतिय लाई नगद रु १ हजार मेडल र प्रमाण पत्र तथा सान्त्वना लाई नगद रु ५ सय तथा प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा उत्कृष्टलाई कार्यक्रमका प्रमुख अतिथी विद्यालय ब्यबस्थापन महासघं धुलिखेलका अध्यक्ष रन्जिब श्रेष्ठले वितरण गर्नु भएको थियो । श्रेष्ठले विद्यार्थीहरुको प्रतिभालाई प्रत्सोहान गर्न गरिएको उक्त कार्यक्रम लाई आगामि दिनमा समेत निरन्तरता दिन अनुरोध गर्नु भयो । विद्यार्थीहरुलाई पढाईको अलवा वाहिरी ज्ञान र ब्यबहारीक, नैतिक शिक्षा दिनु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथी धुलिखेल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा विद्यालयका निर्देशक रोमि ब्यान्जुले विद्यार्थीको भावना र क्षमता अनुसार विद्यालयले शिक्षा दिनु पर्ने बताउनु भयो । विद्यालयको अवस्था, उसको क्षमता अनुसार ब्यबहारीक शिक्षा दिनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा साया बुक्स तथा स्टेश्नरीका प्रपाईटर रामसुन्दर भट्टराई, दिपशिखा ईङ्गलिस बोर्डिङका प्रिन्सिपल रमेश घोरसाईने लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षक रामेश्वर राउलले गर्नु भएको थियो भने सभापतित्व प्रिन्सिपल मुक्तिनाथ तौजलेले गर्नु भएको थियो ।