पनौती/बनेपा–१२, बाँसडोलस्थित पोर्टेज तथा पुर्नस्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज कार्यक्रमलाई १० हजार बराबरको खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
सामुदायिक संस्थाका सामाजिक साँस्कृतिक उपसमिति संयोजक आत्माराम के.सी.ले पोर्टेज कार्यक्रम नेपालका अध्यक्ष सुरथबहादुर थापालाई अन्य पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुभएको थियो । गैरनाफामुखी पोर्टेज नेपालले विशेष गरी विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको निम्ति सैद्धान्तिक र प्रयोगात्मक रुपमा पोर्टेज प्रतिरोधात्मक कार्यक्रम लगायतका अन्य विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको अध्यक्ष थापाले बताउनुभयो ।





