2026 April 22/ 07:06: 45am

    बनेपा/विगत ८ वर्ष देखी च्याउ खेती ब्यबसाय सञ्चालन गर्दै आउनु भएकी लक्ष्मी श्रेष्ठ अहिले ब्यबसायीक बन्नु भएको छ । 
    शुरुमा घरमै खानका लागी मात्र शुरु गरिएको ब्यबसाय पछि विस्तारै ब्यबसायीक बन्दै अहिले ८ रोपनी क्षेत्रफलमा विस्तार गरी ब्यबसाय गर्दै आएको लक्ष्मीले बताउनु भयो । लक्ष्मी च्याउ फर्म दर्ता गरी ब्यबसाय शुरु गरेको प्रोपाईटर लक्ष्मी श्रेष्ठले वताउनु भयो । अहिले र्फममा ६ हजार बल्ब राखी च्याउ उत्पादन शुरु भएकोले राज्यले कृषकहरुलाई हेर्नुपर्ने उहाँले बताउनु भयो । सरकारले उपलब्ध गराएको सुविधा असली कृषकहरुले नपाएकाले छानबिन गरी उपलब्ध गराउन समेत उहाँले अनुरोध गर्नु भयो । हाम्रा समस्याहरु धेरै रहेका छन् समयमा विउ, बजार नपाईने र पाई हाले पनि बिचौलिया मार्फत गर्नुपर्ने लगायत रहेको बताउनु भयो । राज्यले उपलब्ध गराएको वीमा कार्यक्रममा गत सालबाट शुरु गरिएको, बनेपा नगरपालिकाले ८० प्रतिशतमा उपलब्ध गराएको पराल पकाउने मिसिन प्राप्त गरेकाले ब्यबसायमा थप उर्जा प्रदान गरेको श्रेष्ठले वताउनु भयो । बनेपा नगरपालिका कृषि शाखाका प्रमुख मुकुन्द केसीले नगरपालिकाले समय समयमा प्राविधिक सहयोग गरेको, गत वर्ष मात्र २ लाख बराबरको पराल पकाउने मेशिन उपलब्ध गराएको, आगामी बर्ष टनेल उपलब्ध गराउने बताउनु भयो । कृषकहरुले नगरपालिकाको कृषी शाखामा तथा वडामा आफ्नो मागहरु राखी सम्पर्क गरेमा धेरै सुविधाहरु रहेको उहाँले जानकारी गराउनु भयो । 
कृषकहरु जागरुक र चनाखो हुनुपर्ने भएकाले सरकारले उपलब्ध गराएका कृषि ऋण, तरकारीका विउहरु, टनेल विमा जस्ता धेरै सुविधा प्रदान गर्न सक्ने केसीले बताउनु भयो । कृषि शाखाले कृषकहरुको माग अनुसारको तरकारीको विउ, गोठसुधार, तरकारी संकलन केन्द्र, टनेल वितरण, मैक छोडाउने मिशिन, भुसा काट्ने मेशिन, औषधी राख्ने पम्प जस्ता सामाग्रीहरु वितरण गर्दे आएकाले क्रमैसँग वितरण गरिने केसीले वताउनु भयो । मेहनती र असली कृषकहरुलाई तालिम प्रदान, माटो परिक्षण, कौशिखेती जस्ता कार्यक्रमहरु ल्याएको वताउनु भएको थियो । पेशलाई निरन्तरता दिएमा वार्षिक १५ लाख सम्म आम्दानी गर्न सकिने फर्मकी लक्ष्मी श्रेष्ठले बताउनु भयो ।