पनौती/काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय पनौतीको आयोजनामा पाँचौ शैक्षिक मेला आयोजना गरिएको छ ।
विद्यार्थीहरुको चौतर्फी ब्यक्तित्व विकास गर्ने तथा ब्यबहारीक ज्ञान प्रादान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको प्रिन्सिपल बसन्तराज नेपालले बताउनु भयो । मेलाको उद्घाटन पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले काभ्रे ईङ्गलिसबाट सम्पुर्ण सामुदायीक तथा संस्थागत विद्यालयहरुले पाठ सिक्नुपर्ने बताउनु भयो । विद्यार्थीहरुलाई पढाई सगै ब्यबहारिक, नैतिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनु भयो । घोकन्ते शिक्षाले भन्दा ब्यबहारिक शिक्षाले जीवनलाई परिवर्तन गर्ने भएकाले अति महत्व भएको नैतिक शिक्षा समेत जोडिएकाले यस्ता कार्यक्रमहरलाई निरन्तरता दिन विद्यालयलाई न्यौपानेले आग्रह गर्नु भयो । शिक्षा भनेको समाज परिर्वतन भएकाले बालबालिकाहरुले के सिके त्यो महत्वपूर्ण हुने न्यौपानेले बताउनु भयो । मेलाको औपचारिक उद्घाटन विद्यार्थीहरुले नै निर्माण गरेको ड्रोनबाट गर्नु भएको थियो । विद्यालयले राष्ट्रमा नै नाम राखिसकेकाले त्यसलाई कायम राखिरहनु पर्ने न्यौपानेले वताउनु भयो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्ध सिं थापा, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, सञ्चालक सदस्यद्वय ईन्द्र वहादुर श्रेष्ठ र शान्त बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । शैक्षिक मेलामा नगरका २१ वटा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले मेलाको अवलोकन गर्नु भएको थियो । मेलामा विभिन्न विभागीय स्टल, चित्रकला प्रर्दशनी, साँस्कृतिक स्टल, हस्तकला, विज्ञान, फोटो प्रर्दशनी, खाना, स्वास्थ्य, वित्तिय संस्थाहरु समेत गरी १ सय १६ वटा स्टलहरु राखिएको प्रिन्सिपल नेपालले बताउनु भयो । विद्यार्थीहरुको क्षमता अनुसारको ब्यबहारिक ज्ञान दिने उद्देश्यले गरिएको शैक्षिक मेलालाई आगामी वर्षहरुमा निरन्तरता दिने प्रिन्सिपल बसन्तराज नेपालले बताउनु भयो । मेला विहिबार र शुक्रबार दुई दिनसम्म चलेको थियो ।





