कुशादेवी/साँस्कृतिक विविधता तथा जातिय भिन्नतालाई सम्मान गर्ने परम्पराको थालनी स्वरुप पनौती नगरपालिका वडा नं ३, कुशादेवि स्थित लिलावति नेशनल एकेडेमिले तामाङ समुदायहरुको महान पर्व सोनाम ल्होछारको अवसरमा विविध साँस्कृतिक र दोस्रो त्रैमासिक परिक्षाफलको पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।
जातिगत विविधता तथा साँस्कृतिक पहिचानलाई जिवन्त राख्ने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमको पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमु्ख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत बालवालिकाहरुले विभिन्न साँस्कृतिक पहिचान झल्कने प्रस्तुतिहरु देखाएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख भिम न्यौपानेले ऐतिहासिक रुपमा नै पहिलो पटक बिहावर क्षेत्रमा आयोजित यस कार्यक्रमले संविधानमा नै उल्लेख भएको साँस्कृतिक विविधतालाई सम्मान गर्ने एउटा कदमको थालनी गरेको र अन्य संस्थाहरुले यस्ता कार्यक्रमहरुको अनुशरण गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा बालवालिकाहरुको चौतर्फि विकासमा सहयोग पु¥याउने जुनसुकै कार्यक्रमहरुमा पनि नगरको सहयोग रहने बताउनु भयो । त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन काभे्रका अध्यक्ष पूर्णकुमार श्रेष्ठले साँस्कृतिक विविधतालाई सम्मान गर्ने कृुरामा विद्यालयले लिएको पहल कदम एकदमै सर्हानिय रहेको र विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभएर बालवालिकाहरुको चौतर्फि विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । ।
कार्यक्रममा टासि जाम्लिङ गुम्बा, लाकुरी भञ्ज्याङका लामा गुरुहरुबाट बौद्ध विधिअनुसार पुजापाठ गरिएको थियो भने प्रमुख लामा गुरु सानुबाबु लामाबाट ल्होछारको विषयमा प्रवचन भएको थियो । जातिगत विविद्यता तथा सहिष्णुतालाई सम्मान गर्नको लागि आयोजना भएको उक्त कार्यक्रमको उद्धेश्यलाई प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल पुष्पराज बोलखेले विद्यालयले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्दै बालबालिकाहरुको चौतर्फि विकास तथा आफ्नो सस्कृति, परम्परा, मूल्य तथा मान्यतालाई सदैब जीवन्त राख्न सहयोग पु¥याउने बताउनु भयो । बोलखेले विद्यालयमा नर्सरी देखी कक्षा ५ सम्म मल्टी मिडायाबाट कक्षा सञ्चालन गरिएको र आगामी शैक्षिक सत्र बाट कक्षा १२ सम्म नै मल्टिीमिडीया मार्फत कक्षा शुरु गरिने बताउनु भयो । विद्यालयमा विविध सास्कृतिक, अतिरिक्त क्रियाकलापकहरुको आयोजना गरी विद्यार्थीहरुको क्षमता अनुसारको शिक्षा, र रुचि अनुसारका विधामा भाग लिन लगाई उनिहरुको क्षमता प्रस्फुटन गर्ने बताउनु । कुशादेवि क्षेत्रकै नमुनाका रुपमा विद्यालयलाई हरेक दृष्किोणबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा लाग्ने प्रातिबद्धता ब्यक्त गर्नु भएको थियो । सोही अवसरमा विद्यालयको दोस्रो परिक्षाको परिक्षाफ समेत प्रकाशित गरिएको प्रिान्सिपल बोलखेले बताउनु भयो ।
कार्यक्रममा पनौती नगर शिक्षा शाखाका प्रमुख मधसुदन अधिकारी, पनौती नगरपालिका वडा नं २ वडन अध्यक्ष पुरुषेतम अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापा, विद्यालयका संचालक सदस्यहरु प्रकाश थापा, उद्धव थापा, जनक तिमल्सिना, प्याब्सन पनौती क्लष्टर संयोजक अरुण कर्माचार्य, विद्यालयका अभिभावक, विद्यार्थी तथा स्थानीय ब्यक्ति लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।





