पनौती/पनौती गरपालिका वडा नम्बर ६ दलिन्चोक स्थित गोरखनाथ मन्दिर संरक्षण संस्थाले गारेखनाथ मन्दिरमा लगाएको स्वर्णिम श्रीमद भागवत भक्ति सत्सगं महायज्ञबाट ३६ लाख रकम सकंलन भएको छ ।
गणेशको मुर्ति स्थापनार्थ सहयोग संकलन भएको मन्दिर संरक्षण समितीका अध्यक्ष रामजगं बस्नेतले बताउनु भयो । मन्दिर परिसरमा २० फिट अग्लो गणेशको मुर्ति राख्ने तयारीका साथ पौष २९ बाट महायज्ञ शुरु गरी माघ ८ सम्म सञ्चालन गरिएको थियो । गोरखनाथ ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्व बोकेको मन्दिर भएकाले मन्दिर संरक्षण समिती गठन गरेर संस्कृतिलाई जोगाउने उदेश्यले संस्थागत रुपमा लागिरहेको बस्नेतले बताउनु भयो । मुर्तिको जमिनबाट उठाउने बुर्जा करिब दश फिटको हुने र त्यस माथी गणेशको मुर्ति मात्रै नौ फिटको हुने र उक्त मुर्तिको लागत करिब ५० लाख लाग्ने अनुमान गरिएको छ । महायज्ञमा काभ्रे जिल्ला लगाएत काठमाडौ, भक्तपुर, ललितपुर, दोलखा, मकानपुर जिल्लाबाट भक्तजनहरुको सहभागि रहेको थियो । महायज्ञमा कथा वाचन कथा ब्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्री र उद्धब शर्माले गर्नु भएको थियो ।





