२४ हजार सदस्य, दुई अर्ब कारोवार
पनौती/एशियाली ऋण महासंघ(एक्कु) एक्सेस कार्यक्रममा सहभागि भई सिल्भर ब्राण्ड प्राप्त गरेको २४ हजार २ सय ४ शेयर सदस्यबाट १ अर्ब ९७ करोड कारोवार गरेको सामुदायिक साकोस पनौतीले २६ औ स्थापना दिवस मनाएको छ । सोहि अवसरमा संस्थाले विशिष्ठ ब्यक्तिहरुलाई स्थापनाको २६ औ स्थापना दिवसमा विभिन्न विद्यामा ४४ जनालाई सम्मान गरेको छ ।
सम्मान हुनेहरुमा बाग्मती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, बेथान्चोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङ, शिक्षसेवी प्रो.डा.अम्बुभवानी कार्की, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, साहित्यकार सुर्यप्रसाद लाकोजु, सहकारीकर्मी मुकुन्दप्रसाद दाहाल र शिवजी सापकोटालाई विशिष्ठ सदस्य सम्मान मार्फत दोसल्ला, सम्मान पत्र सहित संघीय संसदका सदस्य गंगाबहादुर दोङ्ग र संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सम्मान गर्नु भएको थियो । २०५५ साल देखि २०६३ सालसम्म संचालक भई काम गर्ने २३ जना पुर्व संचालकहरुलाई सम्मान गरिएको छ । सामुदायिक छात्रवृत्ति ५ जनालाई प्रदान गरिएको छ । संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार सामुदायिक साकोसले हरेक वर्ष सामुदायिक छात्रबृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै पाँच जनालाई उत्कृष्ट एसईई सम्मान गरिएको छ । ७ जनालाई उत्कृष्ट बचतकर्ताका रुपमा नगद सहित सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट शेयर खरिदकर्ताका रुपमा पूर्णलाल श्रेष्ठलाई नगद ४ हजार सहित सम्मान गरिएको छ । उत्कृष्ट ऋणी सदस्य ज्ञानेन्द्र श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी पुरस्कारबाट शोभा लामालाई आधा महिनाको तलब सहित सम्मान गरिएको छ । ८० वर्ष भन्दा माथीका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । नगद २ हजार ५ सय, दोसल्ला, सम्मानपत्र, हर्लिक्स सहित २० जनालाई सम्मान गरिएको छ । संस्थामा आर्थिक वर्षको अन्त्यमा शेयर सदस्य १९ हजार ७ सय १३, बाल तथा खुत्रुके बचतकर्ता २ हजार ७ सय ४२ जना गरी ११ हजार ३ सय ७६ महिला र ११ हजार ४२ जना पुरुष र अन्य ३७ गरी २२ हजार ४ सय ५५ जना सदस्य रहेका छन् । उक्त संस्या असोज महिनासम्म बढेर २३ हजार २ सय २६ पुगेको थियो । पौष मसान्तसम्म २४ हजार २ सय ४ शेयर सदस्यबाट १ अर्ब ९७ करोडको कारोवार भएको छ ।
कार्यक्रममा संघिय सासद गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, उपप्रमुख गिता बञ्जारा, संस्थाका अध्यक्ष प्रकाश बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, नेफ्सकुनका शिवजी सापकोटा, संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिव मुकुन्द शर्मा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, लेखा संयोजक हरिप्रसाद तिमल्सिना लगायतले सहकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले सामुदायिक सहकारीमा आफूपनि सदस्य रहेको उल्लेख गर्दे जिल्ला, देश मात्र नभै एसियाली स्तरमै अब्वल रुपमा परिचित यस संस्थाका संञ्चलक तथा कर्मचारीहरुले दिर्घकालिन सोच र योजनाका साथ सदस्य हित र सामाजिक हितमा कार्य गर्दै आइरहेको र यहि क्रमले कर्य गर्दै गएमा संस्थाको दिगो लक्ष्य प्राप्ति गर्न कुनै कठिनाई नहुने उल्लेख गर्दे संस्थामा आफुपनि सदस्य रहेको उल्लेख गर्दै संस्थाका हरेक कारोवार र कृयालापहरु प्रति आफू सन्तुष्ट रहेको जानकारी गराउँदै यस्तो सहकारी सवैको रोजाइमा हुनु पर्नै उल्लेख गर्दे अझै प्रगतिको शुभकामना सहित आफ्नो मन्तब्य राख्नु भएको थियो । यसै क्रममा २६ औं स्थापना दिवसको अवसरमा प्रकाशित सामुदायिक विशेष बुलेटिन विशिष्ट अतिथि माननिय प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले अनावरण गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष तथा २६ औं स्थापना दिवस कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले स्थापना दिवस भनेकोे संस्थालाई स्थापना देखि आजका दिन सम्म ल्याउनका लागि योगदान गर्नुहुने सवैलाई सम्झना गर्दै सवैमा शुभकामना ब्यक्त गर्ने दिन भएको उल्लेख गर्दे संस्थालाई यहाँसम्म पु¥याउनका लागि योगदान गर्नु हुने सवैमा आभार ब्यक्त गर्नु भएको थियो ।संस्थाले सदस्य र समुदाय मुखि भएर कार्य गरिरहेको उल्लेख गर्दे गर्नुहुँदै सुनकोशी पाँचखाल खानेपानी आयोजनाको पाँचखाल नगरपालिका सँगको सम्झौता अनुरुप गरेको कार्यलाई उदाहरणिय कार्यको लिएको पनि उल्लेख गर्नु भयो । बचतबाट मात्र संबृद्धि सम्भव भएको उल्लेख गर्नुहुँदै हिजो फजुल खर्च कटौतीले बचत बढाउन सकिन्छ भन्ने थियो भने आज त्यतिले मात्र सम्भव छैन अव ब्यवसायिकता मार्फत आम्दमिको स्रोत बढाएर मात्र सम्भव भएकाले सामुदायिक ब्यवसायिक तालिम र सहजीकरणको मध्यमले सदस्यको संबृद्धिमा लागि परेको उल्लेख गर्नु भयो । साथै उहाँले सहकारी मर्जरको कुरा उठाउँदै जिल्लाका ब्राण्ड प्राप्त संस्थाहरु एकीकरण तर्फ लाग्नुपर्ने र सदस्यहरुलाई अधिकतम सेवा तथा सुविधा उपलब्ध गराउन अग्रसर हुनको लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहको विचार ब्यक्त गर्दे २६औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गर्न आफ्नो अमूल्य समय प्रदान गरि पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।
पुरस्कार वितरण
संस्थाको २६ औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको विविध कार्यक्रम अन्र्तगत जिल्लाभरीका सामुदायिक तथा नीजि बिद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण गरिएको छ । हाजिरी जवाफ प्रतियोगितामा १५ वटा बिद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा बेलर एकेडेमी बनेपा प्रथम, भालेश्वर मा.बि.पनौती द्धितिय, एस.ओ.एस बालग्राम श्रीखण्डपुर तृतिय र कुशादेवी मा.बि. कुशादेवीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । संस्थाको सामाजिक दायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रकाश बञ्जाराले बताउनु भयो । संस्थाले सदस्यहरुका लागी स्वास्थ्य शिबिर सिपमुल तालिम लगाएतका कार्य गर्दे आएको बताउनु भयो । संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतले प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने समूहलाई क्रमश नगद ३० हजार, २० हजार १० हजार र ५ हजार सहित ट्रफी पुरस्कार रहेको एवं पुरस्कार वितरण गरिएको थियो ।
स्थापना दिवसको अवसरमा रत्तदान आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै सो अवसरमा जिल्ला रेडक्रस सोसाइटिको प्रविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले अमुल्य रक्तदान गर्नुभएको थियो भने बनेपा हेल्थ केयरको प्रविधिक सहयोगमा भएको रक्तचाप तथा सुगर परिक्षणको ९८ जनाले रक्तचाप तथा सुगर परिक्षण गराउनु भएको थियो ।





