2026 April 22/ 04:22: 37am

बनेपा/चक्रज्योती माध्यमिक विद्यालय बनेपा १३ भैसेपाटीको ४६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस एवं एसईई विदाई कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समन्वय समिति प्रमुख उद्धव केसीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न समुदाय सक्रिय हुनु पर्ने उहाँले बताउनु भयो । शिक्षक एक्लैले गुणस्तर सुधार गर्न कठिन भएकाले अभिभावक तथा शैक्षिक क्षेत्रमा सरोकार राख्ने ब्यक्तिहरु त्यसको जिम्मेवार बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्ने उदेश्यदे विशेष कार्यक्रमहरु गदृै आएको बताउनु भयो । सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न नगरपालिकाले शिक्षा समिति मार्फत योजना निर्माण गरी आवश्यक कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा शिक्षासँग सम्वन्धीत ब्यक्तिहरु, स्थानीय ब्यक्तिहरु, जग्गादाताहरु, छात्रबृति प्रदान गर्ने दाताहरु लगायतले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने बताएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक चन्द्रप्रभा शाक्यले विद्यालयले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका लागि शैक्षिक छात्रवृत्ति, खाजा, शिक्षक दरवन्दी लगायतका विषयमा समस्या भोग्दै आएकाले स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताउनु भएको थियो । अध्यक्ष हरिभक्त श्रेष्ठले विद्यालयलाई कक्षा १२ सम्म अध्यापन गराउने गरी संरचना निर्माण गर्ने गरी तयारी गरेकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । 
कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने एसईई उर्तिण विद्यार्थीहरुलाई पुरस्कारका साथै विदाई गरिएको थियो । कार्यक्रम शिक्षक माधव तिमल्सिनाले संचालन गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।