2026 April 22/ 04:10: 55am

बनेपा/बनेपा नगरपालिका कृषि शाखाको आयोजनामा एक दिने माटो परिक्षण नमुना संकलन तथा खाध्य तत्व ब्यबस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । 
तालिममा नगरका १४ वटै वडा बाट सहभागिता रहेको छ । तालिममा कृषकहरुको खेतबारीमा माटोको अम्लियपन, क्षयीकण, माटोमा रहेको खाध्य तत्व पुग अपुग रहे नरहेको र खाद्य तत्वमा सुधार ल्याउनका लागी उक्त तालिमको आयोजना गरिएको शाखा प्रमुख मुकुन्द केसीले बताउनु भयो । शुरुमा शाखाले १ सय ५० जना भन्दा बढी कृषकहरुलाई उक्त तालिम प्रादन गरी कृषहरुको समस्या पहिचान गर्ने उत्पान बढाउन लाग्ने केसीले वताउनु भयो । कृषकहरुलाई कृषि चुन तत्कालै वितरण गरिने र उक्त चुन वितरण पछि माटोमा रहेको अम्लियपन घट्दै गई माटोमा पोषकतत्वको बृद्धि हुने तथा उत्पादक उर्वराशक्ति बढी उत्पादन बढ्ने एवं कम्पोष्टमालमा गोठेमल समेत ब्यबस्थापन हुने विश्वास रहेको केसीले वताउनु भयो । कृषि शाखाले कृषकहरुलाई प्लाष्टिक टनेल, च्याउको विउ वितरण, गोठ सुधार, विभिन्न तरकारीहरुका विउ वितरण लगाएतका कार्यक्रमहरु रहेको कृषि प्राविधिक कमला हुमागाईले वताउनु भयो । कृषकहरुलाई कौशी खेती तालिम, कृषि तालिम, तरकारी संकलन केन्द्र चाँडै सञ्चालनमा आउने हुमागाईले वताउनु भयो ।